वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको टोलीले स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ श्रीराम सिनेमा हल पछाडीको गोरेटो सडक खण्डबाट प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उक्त नगद रकम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

गिरीका अनुसार नगदसहित मोटरसाइकल चालक पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ बैरिया विर्ताका ३५ वर्षीय महम्द रिजवान आलमलाई पक्राउ गरिएको छ । पक्राउ परेका आलमलाई बरामद नगदसहित जिल्ला प्रहरी कार्यालयमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

 

सम्बन्धित खवर