जनकपुर । धनुषाको जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा अवरोध गर्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । विमानस्थल अगाडिबाट ११ जनालाई पक्राउ गरिएको धनुषाका एसपी बसन्त रजौरेले बताए ।ओलीलाई कालोझण्डा देखाउन खोजेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् । केपी ओली सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न र विभिन्न पार्टीबाट आउनेहरुलाई प्रवेश गराउन जनकपुर आएका हुन्। स्रोतका अनुसार ती युवाहरू नागरिकताविहीन छन्। संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ।तर एमालेको विरोधका बीच नागरिकता विधेयक प्रमनिकरणमा ढिलाइ भइरहेको आरोप लगाउँदै युवाहरूले कालो झन्डा देखाउन खोजेका थिए।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech