हरिवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँरोडमा सोमबार बिहान ट्रकको ठक्करले दिंदा एक जनाको मृत्यु भएको छ ।

मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्वरको गहुँ लोड भएको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–९ निवासी ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो । रायमाझी मर्निङवाकका लागि निस्किएका थिए ।

बिहान ४ बजेतिर भएको दुर्घटनामा रायमाझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले बताए ।

ट्रकका चालक प्रहरी नियन्त्रणमा छन् । दुर्घटनापछि सडकको बायाँतर्फ पल्टिएको ट्रक घटनास्थलबाट उठाएर कार्यालयमा ल्याउने प्रयास भइरहेको प्रहरी निरीक्षक ताम्राकारले जनाए ।

सम्बन्धित खवर