जनकपुरधाम । आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिक्न थालेको विदेह नगरपालिकाकी गायत्री मण्डलले बताइन् । उनले भनिन्, ‘सीप सिक्छौँ । आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’
प्लान इन्टरनेशनलको सहयोगमा आसमान नेपालले युवा महिलालाई स्वरोजगार सिर्जना गर्नका लागि चार दिने सिप सम्बन्धी तालिमको व्यवस्था गरेको थियो ।
आपूmहरुले विभिन्न घरेलु सामग्री निर्माण गरेर आयआर्जन गर्ने जनकनन्दनी गाउँपालिकाकी जिवछी देवी सदाले बताइन् । अब घरमै बसेर गर्न सक्ने उनी बताउँछिन् ।
‘यो सिपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ’, विदेह नगरपालिकाकी चाँदनी पण्डितले थपिन, ‘सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ ।’
यसअघि चुलोचौको र पानीपँधेरामा सीमित हुने महिलाले सिप सिकेर आयआर्जन गरेर आत्मनिर्भरको बाटो रोजेका छन् ।
सिकेको सीप निस्वार्थ हुने भएकोले बजारमा पाइने रेडिमेटभन्दा हातले तयार गरेको सामग्री बलियो र टिकाउ हुने गरेको चाँदनीले बताइन् ।
‘सीप देखाएर उत्पादन गरे बजारको चिन्ता मान्नु पर्दैन, उनले भनिन, ‘घरमै किन्न आउने वातावरण बन्छ । यो वातावरण बनाउनको लागि तयार हुनु अहिलेको आवश्यकता हो ।’
आर्थिक रुपमा पछि परेका महिलाहरुको आयआर्जनमा सुधार ल्याउने हिसावले सिप प्रदान गरिएको फिल्ड सुपरभाइजर राम मनोहर मोचीले बताए ।
पूर्वी धनुषाको तीन पालिकाका महिलालाई आर्थिक आयआर्जनमा सहयोग पुग्ने उद्येश्यले जीवन उपयोगी सीप सम्बन्धी तालिम दिइएको छ ।
प्लान इन्टरनेशनलको सहयोगमा आसमान नेपालले धनुषाको जनकनन्दनी गाउँपालिकामा जीवन उपयोगी सीप सम्बन्धी युवा महिलाहरुलाई चार दिने तालिम दिएको हो ।
तालिममा महिला सिप सिकेर स्वरोजगार बन्ने विश्वास लिइएको छ । बालविवाह न्युनिकरण परियोजना अन्तर्गत जनकनन्दनी गाउँपालिकासहित विदेह नगरपालिका र कमला नगरपालिकाकी ३० जना महिलाहरुलाई जीवन उपयोगी सीप सम्बन्धी तालिम दिएको हो ।
सीप सिकेर महिलाहरु स्वरोजगार बन्ने परियोजनाका फिल्ड सुपरभाइजर मोचीले बताए ।
जनकनन्दनी गाउँपालिकामा भदौ २२ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको तालिममा शम्भु साहले सहजीकरण गरेका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech