जनकपुरधाम । धनुषाको सीमावर्ती पालिका गणेशमान चारनाथमा सोमबार मध्यराति प्रहरी र बन्दुकधारी समूहबीच दोहोरो गोली हानाहान भएको छ ।
गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुधारी समूहबीच दोहोरो गोली हानाहान भएको हो ।
सोमबार मध्यराति करिब १२ बजेतिर गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोली र बन्दुकधारी समूहबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बन्दुकधारी समूहलाई रोक्न खोज्दा उनीहरुले प्रहरीमाथि फायरिङ खोलेपछि प्रहरीको तर्पmबाट जवाफमा फायरिङ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
बन्दुकधारी समूहलाई प्रहरीले खोलामा रोक्न खोज्दा उनीहरुले फायर गरेपछि जवाफी कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समूहका एक जना घाइते भएका छन् । बन्दुकधारी समूहतर्पmको एक जनालाई बायाँ खुट्टामा गोली लागि घाइते अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनामा संलग्न समूहका अन्य व्यक्तिहरू भने फरार भएको प्रहरीले बताए ।
प्रहरीको गोली लागि पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्था सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।
पक्राउ परेको व्यक्तिको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरीएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरुहेको प्रहरीले जनाएको छ । श्रोतका अनुसार गोली चलाउने समूह नदी उत्खनन् गर्ने रहेका थिए । उनीहरु रातिको बेला नदीबाट बालुवा, गिट्टी, ढुंगा उत्खनन गरेर क्रसर उद्योगमा पुर्याउने गरेका छन् । मध्यरातितिर गणेशमान चारनाथ नगरपालिकामा रहेको कमला नदीबाट दैनिक अवैध रुपमा बालुवा, गिट्टी र ढुंगा उत्खनन् गरिएको छ । उत्खनन रोक्नको लागि गणेशमान चारनाथ नगरपालिकाले पनि समय समयमा अनुगमन गर्दै आएको छ । तर, तस्करहरु भने मध्यराति हतियारसहित नदी उत्खनन गर्दै आएको छ । सोमबार मध्यराति प्रहरीमाथि गोली चलाउने समूह पनि तस्करहरु नै रहेको स्थानीयको दावी छ ।
।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech