लालबन्दी । सर्लाहीको नवलपुरमा एन्टी भेनम उत्पादन गर्न भइरहेको प्रयासमा नेपाल सरकारको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् पनि जोडिएको छ । करिव १० विग्हा जग्गा खरिद गरी लालबन्दीमा केही समय अघि नै स्थापना भएको राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद् एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपालमा अब स्वास्थ्य अनुसन्धान परिषद् पनि जोडिएको हो । झलनाथ खनालको नाममा रहेको प्रतिष्ठानको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद् एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल बनाइएको छ ।

लालबन्दी–६ मा कार्यालय स्थापना गरी प्रतिष्ठानबाट परिषद्को रुपमा नाम फेरिएको सो कार्यालयलाई एन्टीभेनम उत्पादन गर्ने अभियानमा सहयोग पुर्याउन सोमबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सम्पर्क कार्यालय पनि सँगै खोलिएको हो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्का अध्यक्ष रेवती पन्त र निर्देशक उमेशकुमार बरालले हालसम्म भएको कामको प्रगतिबारे जानकारी गराए ।

परिषद्ले लालबन्दी १ नवलपुरमा जग्गा खरिद गर्ने, मुआब्जा दिने, नापनक्सा गर्नेजस्ता काम गरिसकेको र अहिलेसम्म १८ करोड जति खर्च लागिसकेको उल्लेख गरेको छ । एन्टीभेनम उत्पादनसम्मको स्तरमा पुग्न संचरनादेखि अस्पताल निर्माणसम्म झण्डै पौने ३ अर्ब खर्च हुने बताइएको छ ।

परिषद्का अध्यक्ष रेवती पन्तले यस कार्यमा अनियमितता भएको भन्दै बाहिर प्रचारबाजी गरेपनि अघिल्लो आर्थिक वर्षमा आफूहरुलाई महालेखा परीक्षकको कार्यालयले समेत शुन्य बेरुजु देखाई राम्रो किसिमको प्रतिवेदन दिएको दाबी गरे । ‘हामीलाई निराधार आरोप लगाईएको कुरा महालेखा परिक्षकको कार्यालयले दिएको प्रतिवेदनले स्पष्ट भएको छ’, अध्यक्ष पन्तले भने, ‘हामी पूर्ण रुपमा पारदर्शी छौं, जोसुकैले हाम्रो आर्थिक हरहिसाब हेर्न सक्नु हुनेछ ।’

 

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली, नेपालमा स्नेक एन्टिभेनम उत्पादन सम्भाव्यता टोलीका प्रमुख डा. गुणनिधी शर्मा लगायत उपस्थित भई स्नेक एन्टिभेनमबारे आ–आफ्नो विचार र भेनम उत्पादनका संभावनाबारे प्रष्ट पारेका थिए ।

एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्रका अध्यक्ष पन्तका अनुसार नवलपुरमा किनिएको १० विग्हा जग्गामा पहिलो चरणमा सर्प पाल्ने र सर्पको विष निकालेर एन्टीस्नेक भेनम बनाउन थाईल्याण्ड लगाएत बाहिरी देशमा पठाउने तथा दोस्रो चरणमा भने आफैले घोडा पालेर एन्टीस्नेक भेनम नेपालमै उत्पादन सूरु गर्ने तथा कलेज र सय बेडको अस्पताल समेत स्थापना गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित खवर