जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ कुम्हरौडामा एसईई–२०७८ उत्तिर्ण गरेका छात्राहरुलाई सम्मान गरिएको छ ।
५८औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर लाइफ नेपालको सहयोगमा स्थानीय युवाहरुले बुधबार आयोजना गरेको कार्यक्रममा छात्राहरुलाई सम्मान गरिएको हो ।
लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले ब्याग, डिगनेष्टिक किट लगायतको समाग्री प्रदान गरेर उनीहरुलाई सम्मान गरेका हुन् ।
‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा वक्ताहरुले छोरी र छोराबीचको विभेद अन्त्य हुनुपर्नेमा जोड दिए ।
छात्राहरुलाई सम्मान गर्दै अध्यक्ष मिश्रले शिक्षामा छोरीको पहुँच बढाएर सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिए । ग्रामीण महिलाहरुले पनि चुल्होचौकोमै आपूmलाई सीमित नगरी अगाडि बढ्नुपर्ने अध्यक्ष मिश्रले बताए । सामुदायिक विद्यालयको स्तर वृद्धि गर्नको लागि स्थानीय सरकार हरसम्भर सहयोग गर्न तयार रहेको उनले बताए ।
लक्ष्मण यादवको अध्यक्षतामा भएको कार्यक्रममा मिश्रले बालबालिकालाई विद्यालयसम्म पुर्याउन अभिभावक पनि सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस धनुषा–४ का क्षेत्रीय सभापति कुमरकान्त झाले शिक्षा बिना समाजको विकास सम्भव नरहेको बताए ।
शिक्षाको विकास भए मात्रै समाजको विकास सम्भव रहेकोले यसतर्पm पालिकाको ध्यानाकर्षण समेत गराए ।
गाउँपालिकाले सामुदायिक विद्यालयको स्तर वृद्धि गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिएका थिए । सो अवसरमा लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले छोराछोरी बीचको विभेद अन्त्य नभएसम्म समृद्ध समाजको परिकल्पना गर्न नसकिने तर्क गरे । छोरालाई नीजि र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने मानसिकता त्याग गरेर छोरा छोरी दुवैलाई समान व्यवहार हुनुपर्नेमा उनले जोड दिए । भौतिक पूर्वाधार मात्रै विकास होइन, उनले भने–सामाजिक विकास पनि विकास हो । शिक्षा भए सम्पत्ति कमाउन सकिन्छ, उनले भने–तर, सम्पत्ति रहेपनि शिक्षा नहुँदा सम्पत्तिको सदुपयोग हुँदैन् । त्यसैले शिक्षाको प्रकाशबाट कसैलाई बञ्चित गर्नुहुँदैन् ।
कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिका–७ का वडाध्यक्ष गंगा साहले बालबालिकालाई विद्यालय पठाउन अभिभावकहरुमा आग्रह गरे । सामुदायिक विद्यालयमा पनि स्तर वृद्धि भएको दावी गर्दै उनले बालबालिकालाई विद्यालय पठाउन आग्रह गरे ।
लक्ष्मीनियाँ जनता माविका प्रधानाध्यापक मनोज कर्णले शिक्षा क्षेत्रको विकासमा सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए । लक्ष्मीनियाँ जनता मावि हालका दिनहरुमा गुणस्तरीय शिक्षा दिन सक्षम रहेकोले सबै अभिभावकलाई आ आप्mनो बालबालिकालाई विद्यालय पठाउन उनले आग्रह गरे ।
लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बालदिवसको अवसर पारेर आयोजना गरिएको एसईई उत्तिर्ण छात्राको सम्मान कार्यक्रमबारे प्रकाश पार्दै यसले उनीहरु प्रोत्साहित हुने बताए ।
बालविवाह विरुद्धको अभियानमा जुट्नको लागि अध्यक्ष ठाकुरले उनीहरुलाई आग्रह समेत गरेका थिए । बालविवाह विरुद्धको अभियान शिक्षाले मात्रै सफल हुनेछ, उनले भने–शिक्षा छोरीलाई दिनुपर्छ । छोरी शिक्षित भए बालविवाह आपैm निर्मूल हुँदै जाने तर्क ठाकुरको थियो ।
जयकिशोर चौधरीले संचालन गरेको कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) लक्ष्मीनियाँ गाउँपालिका–७ का अध्यक्ष सत्यनारायण यादव, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य लालबाबु साह, जयकुमार यादव, संजय कुमार झा, संजय कुमार यादव, मदन यादव, सुरेश सदा, मुकेश राम, सरोज सदा लगायतको सहयोग रहेको थियो । लक्ष्मीनियाँ जनता माविका १७ जना छात्रालाई सम्मान गरिएको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech