जनकपुरधाम । ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका राष्ट्रिय बाल दिवस–२०७९ धनुषामा पनि मनाइएको छ ।
धनुषाको विदेह नगरपालिका, शहीद नगरपालिका बुधबार विविध कार्यक्रम गरेर ५८ औं राष्ट्रिय बालदिवस मनाएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतका कुराको प्रत्याभूति गरेको छ । प्लान इन्टरनेशनलको सहयोग तथा आसमान नेपालको समन्वयमा विदेह नगरपालिकाको जनता नमूना प्राविधिक मावि गिद्धाबेलापट्टीमा बालबालिकाहरुले जनचेतनामूलक नाटक मंचन गरेका छन् ।
विद्यालयका प्रअ पवन मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा छात्रछात्राहरुले नाटक मंचन गरेका थिए । छात्रछात्राहरुको जीवन्त अभिनयले शिक्षक अभिभावक पनि हर्षित भएका थिए । विद्यालय परिसरको मंचमा छात्रछात्राहरुले वर्तमान शिक्षाको अवस्थाप्रति इंगित गर्दै सरोकारबालाहरुलाई ऐना देखाउने प्रयत्न गरेका थिए ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतका कुराको प्रत्याभूति गरेको छ ।
२०४७ सालमा नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धिलाई अनुमोदन गरे पनि विगतमा बनेका कानुनभन्दा निकै फराकिलो सोच र बालबालिकाका अधिकारलाई प्रत्याभुत गर्दै अगाडि बढेको छ ।
बालबालिकामाथि हुने हिंसा अन्त्य भएको, विद्यालयमा विद्यार्थी भर्नादेखि उनीहरूको अधिकारमा समेत सरोकारबालाले विशेष ध्यान दिएको छ ।
कतिपय समाजमा बालबालिकाको अधिकारमाथि हनन् नभएका होइनन् तर त्यसलाई निराकरण गर्न सरकारले अभिभावक तथा समाज बाटै बालबालिकाहरुको अधिकार संरक्षणमा ध्यान दिन भने जरुरी रहेको सहभागीहरुले बताएका थिए । कार्यक्रममा विदेह नगरपालिकाका उपप्रमुख आशा झा, प्रमुख प्रशासकीय अधिकृत संजिव साह, सेभ द चिल्डे«नका अनिष झा, आसमान नेपालका कार्यक्रम संयोजक मृत्युन्जय ठाकुर, कार्यक्रम संयोजक संजिव साह, फिल्ड मोभिलाइजर ब्रम्हदेव यादव लगायत शिक्षक, विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । यसअघि बुधबार नै धनुषाको शहीदनगर नगरपालिका–१ जनता आधारभुत विद्यालय कुम्भकर्णमा पनि बालदिवस मनाइएको थियो । कुम्भकर्ण विद्यालयमा बालक्लको अगुवाईमा बालविवाह विरुद्ध जनचेतनामूलक नाटक मंचन गरेका छन् । प्लान इन्टरनेशनलको सहयोग र आसमान नेपालको समन्वयमा जनता आधारभुत विद्यालयले आयोजना गरेको नाटकमा बालबालिकाहरुले जीवन्त अभिनय गरेका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech