जनकपुरधाम । धनुषा शहीदनगर नगरपालिका–१ की सावन कुमारी यादव आत्म निर्भर बन्न कम्मर कसेकी छन् । उनी जीवनमा आपूm पनि केही गर्नुपर्ने संकल्प लिएर लक्ष्यतर्पm लागिपरेकी छन् । सावनको सोंच चार दिनमै परिवर्तन भएको छ । केही दिन अघिसम्म चुल्होचौकोमै रमाउने सावन अव भने जीवनलाई सार्थक बनाउनुपर्ने बताउँछिन् । शहीदनगरपालिकाको यदुकोहामा आयोजित जीवन उपयोगी सीप सम्बन्धी युवा महिलाहरुलाई तालिममा सहभागी भएपछि सावनको सोंच बदलिएको हो ।
आपूm पनि आत्मनिर्भर भएर आप्mनो जीवन सार्थक बनाउनुपर्ने तर्क उनको छ । प्लान इन्टरनेशनलको सहयोगमा आसमान नेपालले आयोजना गरेको चार दिने तालिममा सावन जस्तै ३५ जना युवा महिलाहरुले आ आप्mनो जीवनशैली परिवर्तन गरेर आत्मनिर्भर हुने प्रण गरेकी छन् ।
सबैला नगरपालिका–१२ की निशा कुमारी दनुवारले तालिमको सिकाई उपलब्धी व्यवहारमा ल्याएर अघि बढ्ने बताउँछिन् । निशा कम्प्युटर अपरेटरको रुपमा आत्मनिर्भर बन्न चाहेकी छन् । समूहमा बोल्न डराउने निशा अव भने समूहलाई सम्बोधन नै गर्न सक्ने आत्मविश्वास आएको बताउछिन् ।
तालिममा सहभागी विदेह नगरपालिका–८ की वर्षा पासमानले आप्mनो भविष्य आपैmले सजाउनुपर्ने तर्क गर्छिन् ।
घरपरिवारसँगै आपूm पनि सीप सिकेर जीवनमा आत्मनिर्भर बन्नुपर्ने धारणा वर्षाको छ । त्यसैले उनी आत्मनिर्भर हुनको लागि तालिमको सिकाई उपलब्धीलाई प्रेरणादायी बताउँछिन् ।
वर्षासँगै राधा कुमारी साहले पनि वैयक्तिक सीपको विकासले जीवनमा आत्मनिर्भर हुन मद्दत पुग्ने बताउँछिन् ।
बालविवाह न्युनिकरण परियोजना अन्तर्गत शहीदनगर नगरपालिका, सबैला र विदेह नगरपालिकाका युवा महिलाहरुलाई वैयक्तिक सीप बारे तालिम दिएको छ । जिम्मेवारी एवं प्रतिबद्धता विकास गर्नु, स्व–व्यवस्थापन, आत्मबल÷स्वाभिमानको विकास, इमानदारिता÷स्व–अनुशासन, समय व्यवस्थापन, स्वतन्त्र सिकाइ, लचकता र अनुकूलनता बारे उनीहरुलाई प्रशिक्षण दिएको प्रशिक्षक शम्भु कुमार साहले बताए ।
एक्काइसौं शताब्दीका लागि युवा महिलाहरुले वैयक्तिक सीपहरू विकसित गर्नुपर्छ, उनले भने–यसले उनीहरुको दैनिक जीवनयापनमा समेत परिवर्तन ल्याउँछ ।
संज्ञानात्मक विकास, सामाजिक तथा संवेगात्मक विकास, वाचन तथा भाषा विकास र कुशल क्रियात्मक सीप विकासको लागि आसमान नेपालकी रोजगार अधिकृत चाँदनी कुशवाहाले बताइन् ।
यस प्रकारको तालिमले विभिन्न काम तथा क्रियाकलापप्रति प्रतिबद्धता एवं आत्मविश्वास प्रदर्शित गर्न, आफ्नो योग्यताको लेखाजोखा गर्न र आफ्नो जीवनको लक्ष्यबारे व्यक्त गर्न सहयोग पुग्ने गरेको आसमान नेपालकी टेक्निकल कोर्डिनेटर रितु तिवारीले बताइन् । शहीनगर नगरपालिकाकी उपमेयर सुनिता सिंहले उद्घाटन गरेपछि गएको भदौ २६ गतेदेखि तालिम सुरु भएको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech