जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का प्रमुख सचेतक उमाशंकर अरगरिया नेकपा एमाले प्रवेश गर्ने भएका छन् । लोसपाका कार्यकारिणी समिति सदस्यसमेत रहेका अरगरियालेआफ्नै निर्वाचन क्षेत्र धनुषा–२ मा एमाले प्रवेश गर्ने छन् । आउँदो असोज ८ गते तिनकौरिया चौकमा हुन लागेको पार्टी प्रवेश कार्यक्रममा अरगरियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने कार्यक्रम रहेको छ ।
लोसपा छाडेर कतै नजाने बताउँदै आएपनि उनी एमाले प्रवेश गर्न लागेको बताए ।
लोसपामा परिवारवाद हावी हुँदै गएको आरोप अरगरियाले लगाए ।
मुद्दा र एजेण्डा मिल्ने पार्टीसित चुनावी गठबन्धन गर्न लोसपाले गठन गरेको वार्ता टोलीको संयोजक समेत रहेका अरगरियाले लोसपामा भविष्य नदेखेर एमाले प्रवेश गर्ने निर्णय गरेका हुन् । विद्यार्थीकालमा नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा सक्रिय भएका उनी हालसम्म आधा दर्जन दल बदलिसकेका छन् । मधेश आन्दोलन ताका मधेशी जनअधिकार फोरममा लागेका उनी विजय गच्छदार नेतृत्वमा बनेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) तिर लागेका थिए ।
२०७४ सालको आम चुनावताका गच्छदार कांग्रेसमा फर्केपछि अरगरिया संघीय समाजवादी पार्टी प्रवेश गरेका थिए ।
२०७४ मा धनुषा–२ बाट भारी मतले निर्वाचित अरगरियाले पार्टी फुटाउने षड्यन्त्रमा लागेपछि तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) बीच एकीकरण भएको थियो । एक वर्ष नबित्दै दुवै पार्टी अल्गिएपछि अरगरिया लोसपातिर लागेका थिए । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा लोसपा ओली नेतृत्वको सरकारमा जाँदा उनी मन्त्री भएका थिए । ओली नेतृत्वको सरकार ढलेपछि उनी हाल पार्टीको प्रमुख सचेतक र कार्यकारिणी समिति सदस्य थिए ।
उनीमाथि स्वार्थको राजनीति गरेको आरोप समेत लाग्न थालेको छ । आफ्नो स्वार्थ पूरा गर्नको लागि दल बदल गर्न तयार रह्ने अरगरियो मंसिर ४ मा हुन लागेको आम चुनावको मुखमा एमाले प्रवेश गर्न लागेका हुन् ।
आफुलाई वार्ता टोलीको संयोजक बनाएपनि अघिल्लो समय लोसपाका अध्यक्षले चुनावी गठबन्धन गर्ने कार्यलाई अघि नबढाउन भनेको अरगरियाले बताए ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले उनलाई विचार, मुद्दा र राजनीतिक एजेण्डा मिल्ने मधेशवादी दलहरुसित चुनावी गठबन्धन गर्न वार्ता टोलीको संयोजक तोकेका थिए ।
पार्टीमा कुनै मापदण्ड, नीति र सिद्धान्त नरहेको आरोप लगाउँदै अरगरियाले आफ्नो निकटका कार्यकर्तालाई जिम्मेवारी दिने गरेको दावी गरे ।
प्रदेश, जिल्ला र नगर अध्यक्षमा नेतृत्व तहले आफ्नो खल्तीको कार्यकर्तालाई नियुक्त गरेको आरोप उनले लगाए ।
खल्तीको कार्यकर्ताले पार्टी चल्दैन्, उनले भने–लोसपाको भविष्य छैन् । केही दिनभित्रै लोसपा अन्य पार्टीमा समाहित हुने दावी उनले गरे । चार जना नेताले पार्टी चल्दैन्, उनले भने–पार्टी विधानले चल्छ । जुन लोसपामा देखिएको छैन् ।आफुले पार्टीलाई विधान सम्मत रुपमा चलाउन दबाब दिएपनि त्यो सफल नभएको उनको तर्क थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech