जनकपुरधाम । आउँदो असोज १० गतेदेखि जनकपुरधामको गोपाल धर्मशालामा दशैं (सस्तो) बजार लाग्ने भएको छ ।

जनकपुर उद्योग वाणिज्य संघमा शुक्रबार बसेको बैठकले यस वर्षको वडादशैंमा पनि सस्तो बजार आयोजना गर्ने निर्णय गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले दशैं बजार व्यवस्थापन गर्नको लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको जनकपुर उद्योग वाणिज्य संघका एशोसिएट सदस्य राजिव कुमार साह(चन्दन)ले बताए ।

चन्दनका अनुसार विगत भैm यस वर्ष पनि दशैं बजार व्यवस्थित तरिकाले संचालन गर्ने निर्णय गरेको हो ।

गुणस्तरीय सामग्री सुलभ दरमा विक्रि नहुँदा प्रत्येक वर्ष दशंै बजारमा ग्राहक ठगीमा पर्ने गरेको छ । दशैं बजार आयोजना बारे गरिएको छलफलमा सहभागिहरुले सस्ता बजार नाम भएपनि सो बजार सस्तो अव नरहेको गुनासो गरे ।

ग्राहकलाई सहुलियतका लागि सबै पक्ष प्रयत्नरत हुनुपर्नेमा जोड दिएका थिए ।

यस वर्ष भने ग्राहक ठगीमा नपर्ने गरी सामग्रीहरु विक्रिको लागि राख्न प्रजिअ पौडेलले निर्देशन दिए । दशैं बजार असोज १० गतेदेखि महाअष्टमी तिथिसम्म आयोजना हुने भएको छ ।

शनिबार(आज) देखि धनुषामा चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागु हुने प्रजिअ पौडेलले बताए ।

चाडपर्वका बेला हुने असुरक्षालाई मध्येनजरगर्दै असोज १ गते देखि सुरक्षा संवेदनशिलता बढने भन्दै त्यसका लागि सुरक्षा योजना बनाईको उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले यो बजार भन्दा पनि विशेष प्रदर्शनी रहेकाले स्थानिय उत्पादन, बजार प्रर्वद्वनका लागि अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताए । जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष तथा बजार व्यवस्थापन समितिका सदस्य सचिव जितेन्द्र महासेठले असोज २ देखि ६ गते सम्म बजारको स्टल बुक गर्न सकिने बताए ।

सम्बन्धित खवर