जनकपुरधाम । विदेशबाट फर्केका युवाहरुलाई नेपाल सरकारले दिदै आएको रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण गरिएको छ ।
शिक्षा पत्रकार समुहको आयोजनामा आयोजित पत्रकारसंगको साक्षात्कार कार्यक्रममा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) युरोपियन युनियनको आर्थिक सहायतामा मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक हजार पाँच सय युवाहरुलाई सिपमुलक तालिम प्रदान गरेको छ ।
युएनडिपीका मुकुन्दमणि खनालले सीप विकास तालिमका लागि कृषि, निर्माण र पर्यटन क्षेत्र पहिचान भएको बताए ।
हालसम्म रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत पाँच सय १९ जनाले तालिम प्राप्त गरेको छ भने चार सय ५६ जना युवाहरुले तालिम लिदै छन् उनले युवाहरुले आर्जनको सीपअनुसार स्वरोजगारमुखी हुन सकेको खण्डमा वैदेशिक रोजगारीमा जानबाट केही हदसम्म रोकिने बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव डा. हरि लम्सालले तालिम प्राप्त गरेका र तालिम लिदै गरेका यूवाहरुको जागरुक्कताले गर्दा आफु पनि उत्साही भएको बताए ।
सिटिइभीका निर्देशक दिपक पौडलले नेपालमा श्रम र श्रमिकलाई सम्मान गर्ने चलन नभएको बताए । श्रमलाई सम्मान गर्ने परिपाटीको विकास गर्न विद्यालय शिक्षादेखि नै सुरुवात गरिनुपर्ने बताए ।
शिक्षा पत्रकार समुहका अध्यक्ष कृष्ण मल्लले नेपाल सरकारले सुरु गरेको रोजगारमुलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका यूवाहरुलाई स्वरोजगारमुखी बनाउने बताए ।
जय किसन बहु प्राविधिक शिक्षालय रौतहटका प्रिन्सिपल धनुज यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सिटिइभीका सदस्य सचिव जिवनारायण यादव , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, युएनडिपीका मुकुन्द मणि खनाल, मधेश प्रदेशका धनबहादुर चन्द, वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, नाटाका मधेश प्रदेशका बरिष्ठ उपाध्यक्ष विनोद कुमार चौधरी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपाल, छाला प्रशोधन उद्योग संघका महासविच मो.जुनेद इफतिकार, पत्रकार, उद्योग, तालिम सेवा प्रदायक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको शिक्षा पत्रकार समुहका मधेश प्रदेश संयोजक दिपेन्द्र प्रसाद सिंहले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech