जनकपुरधाम । प्रदेश सभाको पहिलो कार्यकाल समाप्त बारे सांसद र प्रदेश सभा संसद सचिवालय अन्यौलमा परेको छ । प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगको निर्णयले प्रदेश सांसदको पहिलो कार्यकाल समाप्त भएको हो । तर, प्रदेश सांसदहरु र संसद सचिवालय प्रदेश सभाको पहिलो कार्यकाल समाप्त भएको बारे कुनै औपचारिक जानकारी नआएको बताएको छ ।
संसद सचिवालयले प्रदेश सरकार, निर्वाचन आयोगले कुनै पत्र नपठाएको प्रदेश सभा संसद सचिवालयका निमित सचिव रंजित यादवले बताए । प्रदेश सभा बैठक अब बस्दैन्, सचिव यादवले भने,‘ बैठक त अब बस्दैन् । तर संसदको पद र प्रदेश सभाको पहिलो कार्यकाल सकिएको कुनै निकायबाट पत्र आएको छैन । प्रदेश सरकारले पनि कुनै जानकारी गराएको छैन ।’
प्रदेश सभाको पहिलो कार्यकाल समाप्त बारे प्रदेश सरकार र प्रदेश सभाबाट कुनै सुचना नआउदा सांसद पद कायम रहेको वा समाप्त भएको बारे अन्यौलमा रहेको लोकतानित्रक समाजवादी पार्टी(लोसपा)का सचेतक परमेश्वर साहले बताए ।
प्रदेश सभाबाट ५ वर्षमा ५५ कानुन बनाउदै सांसद बनाएको छ । प्रदेश सभामा दर्ता भएको ६१ विद्येयक मध्ये ५५ विद्येयक पारित भएको छ । मदरसा, आकास्मिक सेवा, बालिका संरक्षण, प्रदेश प्रशासन, पर्यटन र यातायात सम्बन्धी ६ विद्येयक छलफलकै क्रममा अड्किएको छ । प्रदेश सभाको ५ वर्षमा ९ वटा अधिवेशन आव्हान भयो । प्रदेश सभाको समिक्षा नगर्दै सांसद पद सकिएको नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech