जनकपुरधाम । नेकपा एमालेले धनुषा–४ सहित मधेश प्रदेशका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई सुरक्षित क्षेत्रको सूचीमा राखेको छ ।
एमालेले स्थानीय तह निर्वाचनमा प्राप्त परिणाम, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मानेर मधेश प्रदेशसहित सुरक्षित क्षेत्रहरुको हिसाब निकालेको हो ।
एमालेको हिसाब अनुसार प्रभु साह उम्मेदवार बनेमा रौतहट–३, रघुवीर महासेठको निर्वाचन क्षेत्र धनुषा–४, र लिला श्रेष्ठको निर्वाचन क्षेत्र सिरहा–३ लाई आउँदो निर्वाचनका लागि सुरक्षित क्षेत्र रहेको छ ।
धनुषा–४, रौतहट–३ र सिरहा–३ मा २०७४ सालको चुनावमा एमालेका उम्मेदवार विजयी भएका थिए ।
उनीहरुले आगामी निर्वाचनमा पुनः जित हासिल गर्ने हिसाब एमालेको छ ।
मधेश प्रदेशमा प्रतिनिधिसभाको ३२ र प्रदेशसभाको ६४ निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधिसभातर्फ ३२ मध्ये एमालेले ३ क्षेत्रलाई मात्रै सुरक्षितको सूचीमा सूचिकृत गरेको हो ।
यद्यपी, पाँच दलीय गठबन्धनबिरुद्ध लड्न परे मधेशलाई प्राथमिकता दिएको एमालेको पक्षमा यसपालिको निर्वाचनको परिणाम पनि आउन नसक्ने आँकलन एमालेको छ । तर, पाँच दलीय गठबन्धनमा आवद्ध दलका प्रतिनिधि र प्रदेशसभा सदस्यरु पार्टी परित्याग गरेर एमाले प्रवेश गर्न थालेपछि परिणाम सुधार हुने सम्भावना बढेको छ ।
मधेशवादी दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका हैबिवेटका नेताहरु एमालेतिर लागेपछि २०७४ सालको तुलनामा आगामी निर्वाचनमा एमालेको प्रदर्शनमा सुधार आउने सम्भावना बढेको छ । उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको निर्वाचन विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार नेकपा एमालेले आसन्न चुनावमा ३२ ठाउँमात्रै जित्न सकिने प्रारम्भिक आँकलन गरेको छ । जसमध्येका १० वटा निर्वाच क्षेत्रमा सहज जीत हुने उसको आँकलन छ । अघिल्लो प्रतिनिधि सभा चुनावमा वाम गठबन्धन गरेर ८० सिट जितेर एमाले सबैभन्दा ठूलो दल बनेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech