जनकपुरधाम । प्रत्यक्ष निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्वका लागि माग पत्र सहितको र्याली निकालिएको छ ।

महिलाको समानुपातिक समाबेशी नेतृत्वको अधिकार समाज रुपान्तरणको आधार भन्ने मुल नाराका साथ राष्ट्रव्यापी अभियानको क्रममा महिला पुनस्थापना केन्द्र (ओरेक)को नेतृत्वमा जिल्लाका मानव अधिकार महिला अधिकारका क्षेत्रमा कार्यरत्त सँघ सँस्थाहरुको संस्थाको संयुक्त आयोजनाा माग सहितको मधेस प्रदेशका सर्लाही, महोत्तरी, सिरहा र धनुषामा बृहत् र्याली निकालिएको हो ।

मधेश प्रदेशमा स्थानिय तहको निर्वाचनको क्रममा समेत दलका नेताहरुलाई महिलाको नेतृत्वको सवालमा ध्यानाकर्षण गराइएको थियो । दलका जिल्ला र प्रदेशस्तरका नेताहरुले समेत महिला सहभागिताको सवालमा उदासिन रहँदै आएका छन् ।

महिलालाइ दोस्रो दर्जाको रुपमा हेर्ने गरेको तथ्य मानव अधिकार रक्षकहरुको राष्ट्रिय सँजालको दावी छ ।

केन्द्र तथा विभिन्न जिल्लाहरुमा महिलाहरुलाई प्रतक्ष्य तर्फ समान उम्मेदवारीका लागि ओरेक र अधिकारकर्मीहरुले आवाज उठाउँदै आएका छन ।

यसै सन्दर्भमा मानव अधिकार रक्षकहरुको राष्ट्रिय सँजालले ६ बुँदे माग पत्र पनि जारी गरेको छ ।

सम्बन्धित खवर