काठमाण्डौ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने गरी निर्धारण गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति जारी गरी प्रचलित कार्यविधिबमोजिम सबै जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि पायक पर्ने स्थानको सूची तयार भएको जनाएका छन् । आयोगले मातहतका जिल्ला निर्वाचन कार्यालयमा उक्त सूची पठाएको छ । आगामी मङ्सिर ४ गते निर्वाचन हुने तोकिएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा स्थापना गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९ को दफा ७ (३) मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक. पर्ने स्थानमा तोकिने छ भन्ने उल्लेख भए अनुसार सो निर्णय गरिएको सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech