मलगंवा । सर्लाहीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका हुन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिकामा १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको र ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चट्याङ लागेर स्थानीय २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल लगिएकोे थियो । उपचारको क्रममा राति चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
यस्तै चट्याङले लागेर घलानकी श्रीमती २६ वर्षीया साइली भनिने नन्दीमाया घलान, २७ वर्षीय वुद्धबहादुर पाख्रिन, ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीय रुद्रबहादुर स्याङतान घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech