जनकपुरधाम । धनुषाका पूर्व प्रधानाध्यापक कारी यादवले क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गोपाल सेवा समितिका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका यादवले मंगलबार धनुषा क्षेत्र नं. २ बाट उम्मेदवारीको घोषणा गरेका हुन् । उनी स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने छन् ।
पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफु प्रतिनिधिसभा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए ।
२०२५ साल देखि मा.वि. स्तरमा प्रथम श्रेणीको शिक्षक भई शिक्षण काम गर्दै २०७० सालमा प्रधानाध्यापकको पदबाट अवकाश प्राप्त गरेका यादवले भने, कमिशनखोर, भ्रष्टाचार र कुशासन तथा धर्म निरपेक्ष विरुद्ध गाउँदेखि सदनसम्म आवाज उठाउनको लागि उम्मेदवारी दिन लागेको बताए ।
मास्टर साहेबले वर्तमान अवस्थामा देशमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, धार्मिक एवं सामाजिक अवस्था चिन्ताजनक रहेको, कल कारखाना बन्द भएको, शिक्षा स्वास्थ्यमा व्यापारिकरण भएकाले निर्वाचित भए आवाज उठाउने बताए । उनी धनुषाको लक्ष्मीनियाँ जनता माविको प्रअ हुँदा अनिवार्य अवकास प्राप्त गरेका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech