जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारेर फाइलहरु नियन्त्रणमा लिएको छ । बीरगंजमा सवारी चालक अनुमतिपत्रकालाई आवेदन दिनेहरुलाई जनकपुरको सर्भबाट उतीर्ण गरी लाईसेस जारी गरिएको समाचार आएपछि आयोगको टोलीले यातायात व्यवस्था कार्यालयकाट फाइलहरु नियन्त्रणमा लिएको हो ।
आयोगको टोलीले लाइसेन्स सम्बन्धी निर्णय गरिएको निर्णय पुस्तिका र अन्य केहि फाइल अनुसन्धानकालागि लगेको कार्यालयका कर्मचारीले बताए । आयोगले जनकपुर र वीरंगजका कर्मचारीलाई हेभी सवारीसाधन चालकको परीक्षामा यातायात व्यवस्था कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात व्यवस्था कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको बारे जवाफ समेत मागेको छ ।
तीन दिन अघि यातायात कार्यालय आएका आयोगको टोलीले अनुसन्धानकालागि आवश्यक पर्ने कागजता नियन्त्रणमा लिएर गएपछि यहाका कर्मचारीहरु त्रसित भएका छन् । भ्रष्टाचारको अखाडामा यातायात कार्यालय परिणत भएको छ । अबैध कमाइकलागि कर्मचारी चालक अनुमति पत्र वितरण आर्थिक चलखेल गर्दै आइरहेको छ ।
यातायात व्यवस्था कार्यालय वीरगन्जमा ‘जी’ समूह अर्थात हेभी सवारीको चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरबाट मध्यराति पास देखाइएको थियो । यातायात व्यवस्था कार्यालय जनकपुरबाट ३ वर्षअघि निलम्बन भएका कर्मचारीको यूजर (खाता) प्रयोग गरेर अवैध तरिकाले लाइसेन्सका लागि पास देखाइएको छ ।
वीरगन्जमा फेल भएकालाई रातिको समयमा जनकपुर कार्यालयबाट सर्भरमा सवारी चालकको लाइसेन्स परीक्षामा उत्तिर्ण गराई लाइसेन्स दिइएको छ । ६२ जनाकै लाइसेन्स रद्द गरिएको छ । यातायातको सर्भरमा ०७९ जेठ २६ गते राति १० बजेर १० मिनेटमा ४२ जना, जेठ ३० गते राति १० बजेर १२ मिनेटमा १४ जना, असार १९ गते राति १ बजेर २ मिनेटमा ५ जना र ०७८ माघ १० गते साँझ सवा ७ बजे १ जनाको ‘जी’ समुह हेभी सवारीको चालक अनुमतिपत्रको लागि जनकपुरबाट ईडीएलभीआरएसमा पास गराई इन्ट्री गरिएको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech