जनकपुरधाम । संसदीय निर्वाचनकालागि मधेश प्रदेशमा ६६ हजार भन्दा बढीले आवेदन दिएको छ । प्रदेशकोे ८ वटै जिल्लाका प्रहरी कार्यालयहरूमा म्यादी प्रहरीमा भर्ना हुनका लागि ६६ हजार ८ सय ८४ जनाले आवेदन दिएकोे मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । आवेदन दिने मध्ये ५५ हजार ५७ पुरुष र ११ हजार ८ सय २७ महिला छन् । सबैभन्दा बढी बारा जिल्लामा ८ हजार ९ सय ३९ पुरुष र २ हजार ४ सय ६६ महिला गरी कूल ११ हजार ४ सय ५ जनाले आवेदन फारम भरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले बताए ।

सप्तरीमा ७ हजार ३ सय ३७ पुरुष र १ हजार ६ सय २३ महिला गरी जम्मा ८ हजार ९ सय ६०, सिरहामा ५ हजार ५ सय २० पुरुष र १ हजार २ सय ९९ महिला गरी कुल ६ हजार ८ सय १९, धनुषामा ६ हजार ७ सय ९ पुरुष र १ हजार १ सय २५ महिला गरी जम्मा ७ हजार ८ सय ३४ जनाले फाराम भरेका छन् । रौतहटमा ७ हजार ४ सय २० पुरुष र १ हजार १ सय ६३ महिला गरी जम्मा ८ हजार ५ सय ८३, महोत्तरीमा ५ हजार ९ सय ६९ पुरुष र १ हजार ३ सय ३३ महिला गरी कूल ७ हजार ३ सय २, सर्लाहीमा ७ हजार ९३ पुरुष र १ हजार ५ सय ७० महिला गरी जम्मा ८ हजार ६ सय ६३ र पर्सामा ६ हजार ७० पुरुष तथा १ हजार २ सय ४८ महिला गरी जम्मा ७ हजार ३ सय १८ जनाले फाराम भरेको छ ।

म्यादी प्रहरीमा भर्ना भएकाहरूले वैदेशिक रोजगारीमा जाँदा म्यादी प्रहरीमा काम गरेको अनुभवले काम पाउने भएकाले फाइदा हुने भएको छ । बेरोजगारी पनि युवाहरूमा अत्यधिक मात्रामा भएका कारणले स्नातक तथा स्नातकोत्तर गरेका केही युवाहरूले पनि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त दिएका छन् । मधेश प्रदेशमा म्यादी प्रहरीको भर्ना हुनका लागि युवाहरूमा निक्कै आकर्षण देखिएको छ ।

सम्बन्धित खवर