वीरगञ्ज । बारामा लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरीमा भएको पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) बाट परवानीपुर गाउँपालिका उपाध्यक्षकी प्रत्याशीसहित सयौँ जनाले पार्टी प्रवेश गरेका छन् ।
जसपाबाट उपाध्यक्षकी प्रत्याशी इन्दु देवी पटेलसहित जसपा बाराका जिल्ला सदस्य बिजय पटेल, मुकेश पटेल, हरिहर यादव, शम्भु राउत, पवन दास, नगिना पटेल, रामदेव पटेल पार्टी प्रवेश गरेका छन् ।
त्यस्तै नेकपा एमाले परित्याग गरेर दिपेन्द्र पटेल, शिव पटेल, रामलाल पटेल, माओवादी केन्द्रका प्रभावशाली नेता महेन पटेल, अर्जुन पटेल, रामबाबु यादव लगायतलाई लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले लोसपामा स्वागत गरेका हुन् ।
लोसपा बारा क्षेत्र नम्बर ४ का अध्यक्ष सिताराम गुप्ता, लोसपा परवानीपुर गाउँपालिका अध्यक्षका प्रत्यासी जगतनारायण महतो, सुरेश पटेल, सुनिल पटेल, रामजी सिंह, रामनाथ पटेल, मिश्री मण्डल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech