जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा वडादशैंको धुमधाम सुरु भएको छ ।
वडादशैंको अवसर पारेर जनकपुरधामका मुख्य शक्तिपीठहरुलाई बेहुली भैंm श्रृंगारिएको छ । जनकपुरको मुख्य शक्तिपीठ राजदेवी मन्दिर परिसरलाई झकिझाउ बनाइएको छ ।
सोमबार(आज) बिहान हिन्दू धार्मिक परम्परा अनुसार शक्तिपीठहरुमा घटस्थापना गरिदै छ ।
वडा दशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिनदेखि नै यहांका शक्तीपिठहरुमा दर्शनपूजा गर्न श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गरेको छ ।
वडादशैंमा राजदेवी मन्दिर लगायतका शक्तीपीठहरुमा श्रद्धालुभक्तजनहरु धार्मिक माहौलमा रमाउने गरेका छन् ।
राजदेवी, बौद्धिमाई, अमरखाना, देवीचोकस्थित राजदेवी मन्दिर, रामानन्द चोक, पिडारीचोक, भ्रमरपुरा चोक, मुरलीचोक लगायतका शक्तिपीठहरुलाई स्थानीय युवा क्लबहरुले सरसजावट गरेको छ ।
आयोजकहरुले आकर्षक पण्डाल, स्वागतद्धार निर्माण गर्नुका साथै शक्तिपीठ क्षेत्रमा गरिएको डेकोरेशन मनमोहक छ ।
दशदिन सम्म मनाइने यो महान पर्वमा आफन्तलाई भेटेर घरको सदस्यहरुसित पूजापाठ, घुमफिर, आफन्त कहाँ गएर रमाइलो गरिन्छ । बिहान र बेलुकाको समयमा शक्तीपीठहरुमा पूजाआरती गर्ने गृहिणीहरु बढी छन् । पुजा आरती गरेर गृहिणीहरु घर फर्की आप्mनो घरको कामहरु सम्हाल्ने गरेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech