गंगाराम इन, बलराम आउट
जनकपुरधाम । नेकपा एमाले धनुषाका प्रभावशाली नेता आनन्द (गंगाराम) यादव घटस्थापनाको साइत जुडाएर पार्टी परित्याग गरेका छन् ।
सोमबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरेर गंगारामले पार्टीले आफुलाई अवमूल्यन गरेको आरोप लगाउँदै नेकपा एमाले परित्यागको घोषणा गरेका हुन् ।
नेकपा एमाले केन्द्रीय कार्य समितीको सल्लाहकार समेत रहेका गंगारामले सोमबारदेखि नै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट आफुलाई अलग गरेका छन् ।
अगामी मंसिर ४ हुने निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि एमालेबाट याादवको नाम सिफारिस भएको थियो । क्षेत्रबाट जिल्ला हुँदै प्रदेशले केन्द्रमा गंगारामको नाम प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि एमालेले नाम सिफारिस गरेको थियो ।
नाम सिफारिस गरिएपनि लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमा शंकर अरगरिया एमाले प्रवेश गरेपछि गंगाराम असन्तुष्ट थिए । प्रतिनिधिसभा सदस्यमा टिकट दिने आश्वासन पाएपछि अरगरिया एमाले प्रवेश गरेका छन् । एमालेबाट अरगरियाले टिकट पाउने भएपछि गंगारामले एमालेको चार दशक लामो यात्रालाई विराम दिएका हुन् ।
उनले आफू एमालेमा २०३६ सालदेखि पार्टीको काम गर्दै आएपनि पुरा नेतालाई पाखा लगाएर हिजो आएको नेतालाई उम्मेदवार बनाउन लागेको आरोप लगाए । पार्टीले हामीलाई अवमूल्यन गरेर नयाँलार्ई मात्रै अवसर दिएको कारण आफू पार्टी परित्याग गरेको बताए ।
अगामी निर्वाचनमा यादवको ठाउँमा केही दिनअघि एमालेमा प्रवेश गरेका अरगरियालाई एमालेले धनुषा–२ बाट उम्मेदवार बनाउन लागेको भन्दै नेतृत्वप्रति असन्तुष्ट भएर उनी एमाले त्याग गरेको घोषणा गरेका हुन्।
‘जबजब चुनाव आउँछ उम्मेदवारको लागि मेरो नाम नै चार्चामा हन्छ । तर, अन्तिम समयमा उम्मेदवार कोही अरु नै भइहाल्छ । मेरो नाम चर्चा मै सीमित हुन्छ, यादवले भने ‘पार्टीले सुरुमा मलाई धनुषा– ३ बाट चुनाव लड्न पठाइयो तर त्यहाँ म चुनाव हार्दैछु । त्यो थाहा थियो किनकी मेरो जन्मथलो कर्मथलो २ नम्बर क्षेत्र थियो । त्यहाँ कोही कार्यकर्तासँग चिनजान थिएन् । तैपनि पार्टीको आदेश मानेर गए र चुनावमा पराजय भोग्नु पर्यो । २०५६ सालको आमचुनावमा गंगाराम धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट एमाले उम्मेदवार थिए । उनी नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगानासित पराजित भएका थिए ।
दोश्रो संविधानसभाको निर्वाचनमा टिकट पाएर पनि गंगारामले चुनाव लड्नबाट बञ्चित भएका थिए । २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा गंगारामले सयौं कार्यकर्तासहित जनकपुरस्थित मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा नोमिनेशन गराउँन जाँदा मतदाता नामावलीमा नाम नहुँदा फर्किनु परेको थियो । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा धनुषा–२ बाट एमालेले उनको एकल नाम सिफारिस गरेपनि चुनावी गठबन्धनका कारण उनी चुनाव लड्नबाट बञ्चित भएका थिए । नेकपा माओवादी र नेकपा एमालेबीच चुनावी गठबन्धन हुँदा धनुषा–२ नेकपा माओवादीको फाँट परेको थियो । माओवादीले रामचन्द्र झालाई उम्मेदवार बनाउँदा गंगाराम सहयोगी दलको नेतामा सीमित भए ।
यसपालि पनि क्षेत्रीय कार्यसमितीले मेरो नाम पठाइएको थियो पछि उम्मेदवार बनाउन अर्का पार्टीका नेतालाई प्रवेश गराएको बुझिएको छु ।
एमाले धनुषा जिल्ला कमिटीले गएको शनिबार तिनकौरिया बजारमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा एमाले अध्यक्ष ओली लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री अरगरियालालाई पार्टीमा प्रवेश गराएका थिए । उक्त कार्यक्रममा गंगाराम सहभागी भएका थिएनन् । ’यादव एमाले परित्याग गरी जनता समाजवादी पार्टी(जसपा) प्रवेश गर्ने भएका छन् ।
जसपाले धनुषा–२ बाट गंगारामलाई टिकट दिने करिब आश्वासन दिएको छ ।
.
गंगारामलाई प्रवेश गराउन जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव भोली(बुधबार) जनकपुर आउने भएका छन् ।
जसपा धनुषाको आयोजनामा हुने पार्टी प्रवेश कार्यक्रममा गंगाराम लगायतका नेता कार्यकर्ता प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साहले बताए । जनकपुर उद्योग वाणिज्य संघमा बुधबार बिहान पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको हो ।
यद्यपी, उनले एमालेमा ४२ वर्षको लगानी रहेको बताउँदै साथीभाईहरुसँग छलफल गरेर मात्रै कुन पार्टीमा जाने बारे अन्तिम निष्कर्षमा पुग्ने बताए । उनी जसपामा प्रवेश गर्ने भएपछि अर्का नवप्रवेशी निर्माण व्यवसायी बलराम महतोको टिकट भने असुरक्षित भएको छ ।
जसपाले धनुषा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बलराम महतोको नाम सिफारिस गरेको छ । केही दिन अघि मात्रै जसपा प्रवेश गरेका बलरामलाई धनुषा–२ बाट टिकट दिने चर्चा थियो । नाम सिफारिस भएपछि क्षेत्र नं. २ का पार्टी कार्यकर्ताहरुसित बलरामको भेटघाट बाक्लिएको थियो । गंगाराम प्रवेश गरेपछि बलरामको टिकट कट्ने पक्का छ । गंगराम पार्टीको लागि हैविवेट नेता रहेको जसपाको आंकलन छ । क्षेत्र नं. २ मा राम्रो पक्कड रहेकोले जसपाले गंगारामलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट दिने तयारी गरेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech