जनकपुरधाम ।आफनै श्रीमतिको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिथिलाबिहारी नपा–५ ललिया बस्ने ५० वर्षीय रामा मण्डल केवट रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
रामालाई आइतबार पक्राउ गरिएको हो । असोज ४ गते घरायसी विवादको क्रममा रामाले आप्mनो श्रीमती ४५ वर्षीया जिवछी देवी मण्डललाई कोदोलो प्रहार गरि हत्या गरेको थियो ।
रामाले ललियास्थित बाँसघारीमा टाउकोमा कोदालो प्रहार गरि हत्या गरेको थियो ।
प्रहरीले घटनाको अनुसन्धानको क्रममा असोज ९ गते श्रीमतीको क्रियामा बसेको अवस्थामा श्रीमान रामालाई घरबाटै पक्राउ गरेका हुन् ।
रामा मण्डल र मृतक जिवछी देवीको २ छोराहरु २२ वर्षीय विनय मण्डल र कान्छो छोरा २० वर्षीय संजय मण्डल बैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेको छ ।
घरायसी कामकाजको क्रममा ऋण लागेकोमा जेठो छोराले अन्दाजी .१८÷२० लाख रुपैया, विवाहमा दाइजोमा पाएको मोटरसाईकल तथा श्रीमतीको गर–गहना समेत बेची ऋण तिरेका थिए ।
कान्छो छोरा संजय मण्डल हाल बिदेशबाट कमाएको पैसा मृतक जिवछी देवी मण्डललको नाममा पठाउँदै गरेकोले बाँकी रहेको ऋण तिर्न पति रामा मण्डल केवटलाई असहयोग गरेको भन्दै पति र पत्नी विचमा विवाद भई घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदिप बहादुर क्षेत्रीले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech