जनकपुरधाम । धनुषाको महिनाथपुरबाट ब्राउन सुगरसहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल तर्फ मोटर साइकलमा आउदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
स ६ प ८०८६ नम्बरको रातो÷कालो रंगको मोटर साइकलमा चढी हेलमेटमा लुकाएको ब्राउन सुगर सहित सिरहाको कर्जन्हा न.पा.–२ का २३ वर्षीय महादेव मण्डल र १९ वर्षीया अस्मिता खत्रीलाई पक्राउ गरीएको सशस्त्र प्रहरी वल नेपाल नं.८ गण धनुषाले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउदै गरेको स ६ प ८०८६ नम्बरको रातो÷कालो रंगको ग्लामर मोटरसाइकलउपर शंका लागी उक्त मोटरसाईकल रोकी सो मोटरसाईकल चेक गर्दा हेलमेटको भित्री भागमा प्लास्टिकको झोलाले बेरेको खैरो रंगको गिलो पदार्थ ब्राउन सुगर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
१६.८५ ग्राम ब्राउन सुगर हेल्मेटमा लुकाई लयाएको महादेव मण्डल र निजले चलाई ल्याएको स ६ प ८०८६ मोटरसाईकलमा पछाडी सवार अस्मिता खत्री समेतलाई लाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाहिको लागी इलाका प्रहरी कार्यालय खजुरी धनुषामा बुझायइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech