जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा श्रीमतिको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेको छ ।
आइतबार अपरान्ह गणेशमान चारनाथ नगरपालिका वडा न. ६ मुसहरी टोलमा ३५ वर्षीया आशा देवी सदालाई कुटपिट गरी हत्या गरिएको थियो ।
हत्या भएको खबर प्राप्त हुना साथ तत्कालै खटिएको अनुसन्धान टोलीले मृतकको श्रीमान् रेविया सदालाई गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ मुसहरीटोल बाटै नियन्त्रणमा लिएको थियो ।
रेवियालाई सोधपुछ तथा अनुसन्धान गर्दा उनले मादक पदार्थ सेवन गरि ढुंगाको चिप्लौटाले प्रहार गरी श्रीमती आशा देवी सदाको हत्या गरेको भने तथ्य खुलेको प्रहरीले जनाएको छ ।
तत्काल रेविया सदालाई पक्राउ गरिएको साथै हत्या गर्न प्रयोग गरिएको ढुंगाको सिलौटो( चिप्लौटा) र वियरको बोतल बरामद गरि ज्यान सम्बन्धि कसुरमा म्याद थप गरि थप अनुसन्धान भइरहेको छ । यसअघि आइतबार पनि धनुषाको मिथिला बिहारी नगरपालिका–३ ललियामा पनि श्रमितिको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech