जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बिहीबार(आज) धनुषाको शहीदनगर नगरपालिका–३ यदुकोहामा पार्टी प्रवेश कार्यक्रम हुन लागेको छ ।

पार्टी प्रवेश कार्यक्रममा सरिक हुनका लागि जसपा राष्ट्रिय अध्यक्ष यादव बुधबार बेलुका जनकपुर आइपुगेको पार्टीका मधेश प्रदेश सचिव जीतेन्द्र यादवले बताए । सचिव यादवका अनुसार राष्ट्रिय अध्यक्ष यादव बिहीबार शहीदनगर नगरपालिकामा हुन लागेको पार्टी प्रवेश कार्यक्रममा सरिक हुन अगाडि शहीदहरुप्रति माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

शहीदनगर नपा–५ विषरभोरास्थित शहीद सुर्यनाथ रानको तस्वीरमा माल्यार्पण गरेर राष्ट्रिय अध्यक्ष यादव शहीद कामेश्वर कुशेश्वरको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको जसपा धनुषाले जनाएको छ ।

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर राष्ट्रिय अध्यक्ष यादवले यदुकोहामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सरिक हुने भएका छन् । यदुकोहामा हुन लागेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका प्रभावशाली नेता आनन्द(गंगाराम) यादव लगायतका नेता कार्यकर्ताहरु पार्टी प्रवेश गर्ने भएका छन् । गंगारामसंगै नेकपा एमालेका सयौ नेता कार्यकर्ता प्रवेश गर्ने जसपा धनुषाले दावी गरेको छ ।

सम्बन्धित खवर