जनकपुरधाम । मधेश प्रदेशमा पटक पटक स्थगित हुदै आएको मन्त्रिपरिषद्को अन्तिम बैठक बिहीबार(आज) बस्दैछ । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव र सचिव नहँुदा पटक पटक स्थगित भएको मधेश प्रदेशको मन्त्रिपरिषद्को बैठक बिहिबार बस्न लागेको हो । मुख्यमन्त्री कार्यालयमा सरुवा भएर आएका सचिव नुरहरी खतिवडालाई निमित प्रमुख सचिवको जिम्मेवारी दिएपछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । बिहान ८ बजे मन्त्रिपरिषद बैठक बस्दै छ ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले निर्वाचनको मुखमा आर्थिक सहयोग र प्रदेश सरकारको योजना स्थानिय तहमा पठाउने निर्णय मन्त्रिपरिषद्बाट गर्न खोज्दा मुख्यमन्त्री कार्यालयका सचिव र प्रमुख सचिव मन्त्रालय आउन छाडेको थियो । सचिव नहुँदा लामो समय सम्म मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक नै यो सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठक हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । बैठककै लागि मुख्यमन्त्री राउत बुधबार साँझ वीरगंजबाट जनकपुर आएका छन् । पटक पटक मन्त्रिपरिषदको बैठक नबस्दा मुख्यमन्त्री राउत दुई साता देखि जनकपुर बाहिर थिए ।
मधेश प्रदेशका प्रमुख सचिव कृष्ण बहादुर राउत, प्रशासन तथा बैठकको जिम्मेवारी पाएका सचिव मेख बहादुर मंग्राती विना जानकारी कार्यालयमा अनुपस्थित थिए । प्रमुख सचिव राउत र सचिव मंग्राती कार्यालय नआउदा आर्थिक प्रशासनका सचिव शिवनाथ पौडेल सरुवा हुदा मुख्यमन्त्री कार्यालय सचिव बिहिन बनेको थियो । मुख्यमन्त्री कार्यालयमा सचिव नभएकै कारण पटक पटक मन्त्री परिषदको बैठकको मिति तोकिएपनि बस्न सकेको थिएन् ।
तर, उनीहरु पनि गत साता मन्त्रालय आएका हुन् । उनीहरु आएपछि मुख्यमन्त्री कार्यालयका करिब आधा दर्जन कर्मचारको यातायात व्यवस्था कार्यालयमा सरुवा भएको हो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech