जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा पहिलो पटक एक महिने नगर स्तरीय अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता पूर्वक सम्पन्न भएको छ ।

नगर स्तरिय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता दुधमती मिडिया प्रा.लि. द्धारा संचालित दुधमती एफ.एम.१०४ मेगाहर्ज र दुधमती टेलिभिजनको फेसबुक पेज लगायतको सामाजिक संजालबाट प्रसारण गरिएको थियो ।

नगर स्तरिय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा क्षीरेश्वरनाथ नगरपालिकाका १६ ओटा विद्यालयका छात्रछात्राहरु सहभागी जनाएका थिए ।

करिब एक महिनासम्म संचालित नगर स्तरिय अन्तर विद्यालय प्रतियोगितामा एक दिनमा २ ओटा विद्यालयलाई सहभागी गराइएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र सहभागी विद्यालयलाई पुरस्कार वितरण तथा सम्मान गरिएको कार्यक्रम संचालक रोहित खनालले जनकारी दिए ।

बिद्यार्थीको ज्ञानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालित उक्त कार्यक्रमको लागी क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित रहेको मछापुच्छ«े बैंकले शिल्ड र मेडल प्रदान गरेको थियो भने सहभागी विद्यार्थीहरुको हौसला बढाउन सिस्टेमेटिक बोर्डिङ्ग स्कुल द्धारा सम्पुर्ण विद्यार्थीहरुलाई समान्य ज्ञान किताब प्रदान गरिएको छ ।

दुधमती एफ.एम.१०४ मेगाहर्जका संस्थापक अनिल कुशवाहाको अध्यक्षता र क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपालीसेनाका मेजर श्री श्याम बिक , जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख रामदेब बनरैत यादब, समाजसेवी मित्रलाल गिरि, राम जानकी दालबुट फ्याक्ट्रीका प्रमुख इश्वरी प्रसाद अधिकारी, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादव, क्षीरेश्वरनाथ नगरपालिका–२ का वडाअध्यक्ष देवु यादव, वडा नम्बर ६ का अध्यक्ष विनोद गुप्ता, वडा नम्बर ७ का अध्यक्ष मुवारक कवारी, वडा नम्बर ८ का वडाध्यक्ष मोद कुमार महतो, राष्ट्रिय वाणिज्य बैंक शाख महेन्द्रनगरका शाखा प्रमुख, मछापुच्छ«े बैंकका शाखा प्रमुख, प्यावसन नगर अध्यक्ष सुजित कापरी, सचिव कृष्ण लामा, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमीका संस्थापक जगदिस प्रसाद सिंह, सनसाइन इ.बो.स्कुलका संस्थापक सर्वन कुमार महतो, शिक्षा शाखा अधिकृत दिपक खत्र्री, सर्पदन्स उपचार केन्द्र महेन्द्रनगरका अध्यक्ष राज किशोर राउत, नेपाल व्याहुत कलवार संघका अध्यक्ष सुनिल साह, न्यू शिव आयल स्टोर्सका संचालक ललित साह, समाजसेवी अशोक साह, पल्टु पडिंत लगायत अभिभावक ,पत्रकार, सहभागी बिद्यालयका प्रमुख तथा प्रतिनिधि र विभिन्न सामजिक सेवामा प्रतिबद्ध ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख सुखदेव यादवले प्रथम स्थान हासिल गर्न सफल दर्शनिया रामेश्वर सिंह कुशवाहाका बिद्यार्थी स्वीकृत यादब र दीपशिखा मण्डल तथा दोश्रो स्थान हासिल गर्न सफल गंगोत्री बोर्डिङ स्कुलका प्रमोद भट्टराई र गुडिया महासेठलाई पुरस्कार बितरण गरेका थिए । त्यस्तै श्री मा.बी इच्छापुरका दिपक कुमार साह, काजल कुमारि दास र मोर्निङ्ग गलोरी बो.स्कुलका कृष्ण पासवान र नङ्गसा तामाङ लाई सान्तोना पुरस्कार साथै अन्य सम्पुर्ण सहभागी विद्यालयका विद्यार्थीहरुलाई प्रमाण पत्र र सम्मान स्वरुप समान्य ज्ञानको किताब प्रदान गरिया

सम्बन्धित खवर