जनकपुरधाम । नवौ राष्ट्रिय खेलकूद–२०७९ को ट्रफी बिहीबार एक कार्यक्रमका बीच जनकपुरधाममा अनावरण गरिएको छ ।

जानकी मन्दिर परिसरमा एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले सो ट्रफी अनावरण गरेका हुन् ।

ट्रफी अनावरण गर्दै मुख्यमन्त्री राउतले राष्ट्रको गहना रहेका खेलाडीहरुको जीवनयापनको व्यवस्थापन गर्ने दायित्व राज्यको रहेको बताए । उनले मधेश सरकार स्थापना कालदेखि खेलाडीहरुको लागि जीवनयापनको ठोस व्यवस्थापन गर्ने लक्ष्य राखे पनि विविध कारणहरुले गर्न नसकेकोमा दुःख व्यक्त गरे । आगामी दिनमा यसका लागि आपूm सदैव सक्रिय रहने प्रतिबद्धता समेत मुख्यमन्त्री राउतले जनाए ।

अघिल्लो समय युवाहरुमा भयावह बन्दै गएको दुव्र्यसनको समस्याबाट प्रदेशलाई मुक्त गराउनको लागि खेलकुदमा जोड दिनु आवश्यक रहेको म मुख्यमन्त्री राउतले बताए । खेलकुदको विकासको लागि आवश्यक पूर्वाधार देखि खेलाडीहरुको व्यवस्थापनमा समेत प्रदेश सरकार अग्रसर हुने प्रतिवद्धता व्यक्त उनले गरे ।

महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय खेलाडी दिपक विष्ट, क्रिकेट संघ धनुषाका अध्यक्ष गुड्डु पाण्डे, सरोज मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग