वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषधसहित वीरगञ्जबाट ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका– १ बस्ने उतम आचार्य, अरुण राई, सुविन श्रेष्ठ, काठमाडौ चन्द्रागिरी गापा– ४ थानकोटका ओमप्रकाश महतो र जिल्ला मोतिहारी थाना भेलाही घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने प्रदिप बोहरा क्षेत्री रहेका छन् ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट परवानिपुरतर्फ जाँदै गरेको ना १ घ २८२३ नम्बरको ई–रिक्सालाई चेकजाँच गर्दा कपडाको झोला भित्र लुकाइछिपाई राखिएको प्रतिबंधित लागुऔषध निटजाकेयर नामको ३ हजार ट्याब्लेट, डाईजेपाम १ हजार ७ सय पिस, फेनारगन १ हजार ७ सय पिस, नुर्फिन १ हजार ७ सय पिस गरी ५ हजार १ सय पिस लागुऔषध बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

पक्राउ परेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

यता, जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मिलन चोकस्थित प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

जितपुरबाट विरुवागुठीतर्फ जाँदै गरेको प्रदेश २ ०३ ००१ ह ९७६ नम्बरको सार्वजनिक ट्याम्पो रोकी चेकजाँच गर्दा अवैध लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनका अनुसार मकवानपुरको राक्सिराङ् गाउँपालिका वडा नम्बर १ निवासी ३५ वर्षीय सिमोन चेपाङ्ले बोकेको जेब्रा झोलाबाट ५ किलो ९ सय ग्राम गाँजा फेला परेको हो ।

सिमोनसँगै रहेकी सिमोनकी बहिनी भनिएकी मकवानपुरकै कैलाश गाउँपालिका वडा नम्बर ८ र हाल चितवनको राप्ती नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीया ईन्द्र माया चेपाङ् र सिमोनकी श्रीमती कैलाश गाउँपालिका वडा नम्बर ८ कि ३१ वर्षीया सीतामाया प्रजालाई पक्राउ गरिएको गिरीले जानकारी दिए ।

उनीहरुलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित खवर