कलैया । नेकपा (एकीकृत समाजवादी) पार्टीका दुईजना प्रदेश सभा सदस्य नेकपा एमाले प्रवेश गरेका छन् ।
प्रदेश सभा सदस्यद्वय सुन्दर विश्वकर्मा र सीता गुरुङ बिहीबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
प्रदेश सभा सदस्य विश्वकर्मा एकीकृत समाजवादी बाराका अध्यक्ष हुन् । उनी बारा क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै, गुरुङ समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन् । तत्कालीन एमाले जिल्ला अध्यक्ष रहेका विश्वकर्मा एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए ।
उनीहरूसहित २५ जना नेताले एकीकृत समाजवादी त्यागेर एमालेमा प्रवेश गरेको एमाले बाराका अध्यक्ष विनोद साहले जानकारी दिए ।
उनका अनुसार एमाले प्रवेश गर्नेमा केन्द्रीय परिषद् सदस्य कौशलकिशोर सिंह, महेश विश्वकर्मा, दशरथ राम, विद्या थापा, मीन रहपाल, मञ्जु खनाल, मञ्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनीलगायत छन् ।
उनीहरूले पार्टी अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर पार्टी प्रवेश गरेको साहले जानकारी दिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech