जनकपुरधाम । नयाँ कार्य समिति चयन गर्दै आसमान नेपालको २१औं साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
जनकपुरमा दुई दिनसम्म चलेको साधारणसभाले आसमान नेपालको अध्यक्षमा रामप्रवेश यादवलाई सर्वसम्मत चयन गरेको छ ।
९ सदस्यीय कार्य समितिको उपाध्यक्षमा मनु न्यौपाने, सचिवमा राजकुमार विक र कोषाध्यक्षमा रेखा यादव सर्वसम्मत चयन भएका छन् । यस्तै कार्य समिति सदस्यहरुमा संगिता चौधरी, भुनेश्वरी महरा, मिरा पासवान, नुरजहाँ खातुन र हरिशचन्द्र यादव रहेका छन् । गुरु सुवेदीको संयोजकत्वमा रहेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्य समिति सर्वसम्मत चयन गर्न सफल भएका हुन् । कार्य समितिको पदाधिकारीसहित सदस्यहरुमा समेत एकल नाम सिफारिस हुँदा सर्वसम्मत भएको निर्वाचन समिति सदस्य अनिता चौधरीले बताइन् । यसअघि बुधबार आसमान नेपालको २१औं साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । उद्घाटन सत्रमा संस्थाका कार्यकारी निर्देशक नवल किशोर यादवले सन् २०२२ मा संचालित परियोजनाको बारेमा जानकारी गराएका थिए । आसमान नेपालले यो वर्षमा २५ वटा परियोजना संचालन गरेको छ । जसबाट हजारौ नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । आसमानको परियोजना मधेश प्रदेशका आठसहित १७ जिल्लामा संचालनमा रहेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech