जनकपुरधाम । भतिजोको हत्या गर्ने काकालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवि पासवान रहेका छन् ।
बुधबार दिउँसो क्षीरेश्वरनाथ नगरपालिका– ५ कुचाई टोल बस्ने किसन पासवानको नाबालक छोरा ४ वर्षीय अनुष पासवान घरमै खेलिरहेको अवस्थामा टाउको फुटि रक्ताम्य भई गम्भिर अवस्थामा फेला परी उपचारको लागि महेन्द्रनगर हेल्थ केयर लगेकोमा उनको मृत्यु भएको थियो ।
टाउकोमा प्रहार गरेर मृत्यु भएको सुचना प्राप्त हुनसाथ खटिएको अनुसन्धान टोलीले घटना बारे अनुसन्धान गर्दा मृतकको आफ्नै सहोदर काका रवि पासवानले घरमा कोही नभएको बेला खलको फलामको मुडकी(रड)ले अनुष पासवानको टाउकोमा प्रहार गरी आफ्नै भतिजोको हत्या गरी फरार भएको पाइएको थियो । रबि पासवानलाई बुधबार नै पक्राउ गरी हत्या गर्न प्रयोग भएको खलको फलामको मुडकी(रड) समेत बरामद गरी ज्यान सम्बन्धि कसुरमा म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको धनुषा प्रहरीले जनाएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech