जनकपुरधाम । बालबालिकाको कार्यगत सीमितताको पहिचान तथा लेखाजोखा (
युजिङ वाशिंगटन ग्रुप अफ क्युआर) सम्बन्धी तीन दिने तालिम बिहीबार जनकपुरमा सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको सिकाई परियोजना अन्तर्गत शिक्षकसहित संघसंस्थाका प्रतिनिधिहरुलाई सो सम्बन्धी तालिम प्रदान गरेको हो ।
तलिमको सिकाई उपलब्धीलाई व्यवहारमा ल्याउनुपर्ने तर्क सहभागीहरुले गरे । सिकेको ५० प्रतिशत पनि व्यवहारमा ल्याउन सके तालिमको सार्थकता हुने भनाई उनीहरुको थियो । धनुषाको विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका शिक्षक, सिन्धुली जिल्लाका मानवता तथा राष्ट्रिय विकास समाज(हैण्डस नेपाल) र हेटौडाका सामुदायिक विकास संस्था(सीडीओ नेपाल) का प्रतिनिधिसहित तालिममा २३ जनाको सहभागीता रहेको आसमान नेपालका कार्यक्रम संयोजक संजीव साहले बताए ।
साहका अनुसार सहभागीहरुलाई रामलाल धामीले प्रशिक्षण दिएका छन् । परियोजनामा कार्यरत कर्मचारी, शिक्षक, फोकल व्यक्तिले बालबालिकाहरुमा भएको कार्यात्मक सीमितता पहिचान गर्ने उचित हेरचाह गर्र्ने, ज्ञान, सीपमा अभिवृद्धि गर्ने, प्रारम्भिक स्क्रीनिग र मूल्याकंनलाई प्रभावकारी रुपमा विद्यालय तथा समुदायसम्म लैजाने उद्येश्यले तालिमको आयोजना गरिएको हो । गएको असोज ११ गतेदेखि तालिम सुरु भएको थियो । यता सिकाई परियोजना अन्तर्गत बिहीबार विदेह नगरपालिकास्थित मावि गिद्धाबेलापट्टी र आधारभूत विद्यालय योगियाडामा अपांगता सम्बन्धी बालबालिको प्रारम्भिक छनौट कार्यत्रम सम्पन्न गरिएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech