जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बली प्रदानको लागि रसिद काट्ने कार्य सुरु भएको छ ।

राममन्दिरको प्राङ्गनमा रहेको गुठी संस्थानले बली प्रदानको लागि रसिद काट्ने कार्य बिहीबारदेखि थालेको हो ।

महाअष्टमी तिथि अर्थात आउँदो सोमबार राजदेवी मन्दिरमा बली प्रदानको कार्यक्रम छ ।

कालरात्री समेत भनिने महाअष्टमीको राति राजदेवी मन्दिरमा बोकाको बली प्रदान गर्ने चलन छ ।

यस वर्षको बली प्रदान कार्यक्रमको लागि रसिद काट्ने कार्य सुरु भइसकेको महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले बताए । अध्यक्ष साहका अनुसार यस वर्ष टाउकोको मुल्य यथावत राखिएको छ ।

बोकाको टाउकाको मोल २ सय रुपैयाँ तोकिएको छ । गत वर्ष पनि दुई सय रुपैयाँ नै थियो ।

यस वर्ष पनि बली प्रदान गरिने बोकाको संख्या वृद्धि हुने अध्यक्ष साहले दावी गरे ।

गत वर्ष राजदेवी मन्दिरमा १४ हजार २४१ बोकाको बली प्रदान गरिएको थियो ।

हरेक वर्ष कालरात्रीमा ठूलो संख्यामा बोकाको बली दिने गरिएको छ । त्रेता युगमा मिथिलाका राजा जनकका कुलदेवता मानिने राजदेवी मन्दिरमा महाअष्टमी तिथिको राति हरेक वर्ष ठूलो संख्यामा बली दिने गरिन्छ ।

२०७७ सालमा भने कोरोना महामारीका कारण बली प्रदान गरिने बोकाको संख्या निकै घटेको थियो । कोरोना महामारीका कारण २०७७ मा बली प्रदान गरिने बोकाको संख्या ८ हजार ९६८ थियो । त्यसको अघिल्लो साल अर्थात् २०७६ मा १४ हजार ६३३ बोकाको बलि प्रदान गरिएको थियो । राजदेवी मन्दिरमा वर्षभरिमा एक दिन मात्र बली प्रदान गरिन्छ । काठमाण्डौस्थित हनुमानढोकामा बली प्रदान भएपछि जनकपुरस्थित राजदेवी मन्दिरमा बोकाको बली प्रदान कार्यक्रम सुरु हुन्छ ।

२०७५ मा १४ हजार ९ सय ९७ बोकको बलि प्रदान गरिएको थियो । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा वर्षौदेखि महाअष्टमी रातीमा वलिप्रदानको परम्परा रहेको छ ।

ब्लि प्रदान गर्नका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाउने छ, महावीरका अध्यक्ष साहले भने–यसको लागि छुट्टै समिति नै गठन गरिएको छ ।

राजदेवी मन्दिरका पुजारी राम गिरिले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको बली दिइने राजदेवीको परम्परा रहेको बताए ।

 

कुन वर्ष कति बली ?

 

राजदेवी मन्दिरमा २०७६ सालमा १४ हजार ९ सय ९७ बोकाको बली प्रदान गरिएको थियो भने २०७५ सालमा १४ हजार ९ सय ९७ बली दिइएको थियो । त्यस्तै २०७४ सालमा १२ हजार ३ सय ७ वटा बोका, २०७३ सालमा १४ हजार ६ सय १७ बोकाको बली दिइएको थियो ।

 

यसैगरी २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७०सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बली प्रदान गरिएको थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग