जनकपुरधाम । संसदीय निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्यनजर गर्दै धनुषा प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियारहरू प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभालाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सार्वजनिक सूचना जारी गरी हतियार बुझाउन आग्रह गरेको हो । संसदीय निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ । प्रशासनले जिल्लाका सम्बन्धित व्यक्तीहरूलाई कात्र्तिक ५ गते भित्र नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह गरेको हो ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा आठ बमोजिम जिल्लाका विभिन्न व्यक्तीहरूसँग ईजाजत सहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको हो ।
जिल्लामा इजाजत प्राप्त हतियार लिएका ब्यक्तीहरूले जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन सक्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरीएको छ ।
इजाजत प्राप्त व्यक्तिहरूले हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजना अन्र्तगत कारबाही गर्ने सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा एक हजार बढी हतियार दर्ता भएका छन् । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मतदाताले स्वतन्त्रपूर्वक मतदान गर्ने वातावरणको सिर्जना गर्न हतियार प्रहरी समक्ष बुझाउनको लागि आग्रह गरिएको हो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech