जनकपुरधाम। जनकपुरधामको प्रसिद्ध शत्तिपिठ  राजदेवीमा हुने बोकाबलीको कार्यक्रम आज सोमबार महा-अष्टमीको संन्ध्याकालिन साढे आठ बजे बाट चढ्ने शुरुभएको हो।महाअष्टमीको राति यस वर्ष १४ हजारकै हाराहारीमा बोकावली प्रदान हुने अनुमान गरिएको छ । बोकावलीका लागि शनिबार साँझसम्म सात हजारभन्दा बढी रसिद काटिसकेको र आइतवार सो संख्या दोब्बर पुगेको हुन सक्ने महावीर युवा कमिटिका उपाध्यक्ष महेश साहले जानकारी दिए । उनका अनुसार रसिद गत विहीबारदेखि तीन ठाउँमा काट्ने कार्य भइरहेको छ । गुठी संस्थान जनकपुर, महावीर युवा कमिटि र राम युवा कमिटिले बोकावलीको रसिद काट्ने गरेका छन् ।

पछिल्लो समय बोकावली प्रदान गर्ने संख्या बढ्दै गएको छ । यद्यपि कोरोना महामारीको पहिलो लहरमा बोकावली हुनेसंख्या आधी भएको थियो । राजा जनकको कुलदेवता मानिएको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राति बोकाबली हुने गरेको छ। यस पटक पनि मन्दिर भित्र चार ठाउँमा बोकावली भैरहेछ।

सम्बन्धित खवर