वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले बनाएको यो अल इलेक्ट्रिक विमानलाई एलिस नाम राखिएको छ ।
एलिसको निर्माता, इभिएशन एयरक्राफ्टको मुख्यालय वाशिंगटनमा भएता पनि विमान इजरायलमा विकसित गरिएको हो । इभिएशनको स्थापना २०१६ मा ओमेर बार-योहे र एभिभ टिजिडोनले गरेका थिए ।
आफ्नो पहिलो उडानमा, एलिसले बिहान ७ बजेर १० मिनेटमा ३५०० फिटको उचाइमा ८ मिनेटसम्म सुरक्षित हावामा रहयो र त्यसपछि सामान्य अवतरण भयो । यो विमान २५० माइलसम्म उड्न सक्ने गरी डिजाइन गरिएको छ ।
यसमा नौ जना यात्रु र एक वा दुई पाइलटहरुको लागि ठाउँ राखिएको छ र ४ टनभन्दा बढी तौल भएको टेस्ला-शैलीका २१,५०० भन्दा बढी ब्याट्री सेलहरूद्वारा संचालित गरिएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech