जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का निवर्तमान प्रदेश सांसद लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) प्रवेश गरेका छन् । २०७४ को चुनावमा महोत्तरी ४ (क) बाट निर्वाचित प्रदेशभा सदस्य कौशल कुमार यादव लोसपामा प्रवेश गरेका हुन् ।
संविधान सभा सदस्य समेत रहेका यादवले लोसपाको पार्टी कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच पार्टी प्रवेश गरेका हुन् । स्थानीय तहको निर्वाचनमा पार्टीलाई क्षति हुने गरी विपक्षीलाई सहयोग गरेको आरोपमा निवर्तमान प्रदेशसभा सदस्य यादवलाई जसपा महोत्तरीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । कारबाहीमा परेपनि उनी पार्टीको कार्यक्रमहरुमा सहभागी हुँदै आएका थिए । तर, जसपाबाट टिकट पाउनेमा शंका भएपछि उनी लोसपाका नेताहरुसित नजिकिएका थिए । केही दिन अघि मात्रै उनी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई महोत्तरीस्थित आफनो नीजि निवासमा बोलाएका थिए । उनी लोसपाका वरिष्ठ नेता शरत सिंह भण्डारीको निरन्तर सम्पर्कमा थिए । त्यस्तै एमाले महोत्तरीका पूर्व अध्यक्ष बिनोद कुमार साह लगायतका नेताहरु पनि लोसपा प्रवेश गरेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech