जनकपुरधाम । संघर्षशील मधेशी मोर्चाले मधेश प्रदेशमा निर्वाचन हुन नदिने चेतावनी दिएको छ ।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चाका संयोजक कैलाश महतोले मौजूदा मिश्रित निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गरी संघ र प्रदेशको निर्वाचन गराउनुपर्ने र स्थानीय निकायको निर्वाचनलाई पार्टीविहीन÷निर्दलीय बनाउनुपर्ने मागसमेत गरेका छन् ।

‘देशको संशोधित अन्तरिम संविधान २०६३ कै मार्गदर्शनमा २०६४ र २०७० का संविधानसभाका निर्वाचनहरु भएपनि अन्तरिम संविधानले दिशा निर्देश गरेको मापदण्ड अनुसारको न त संविधान बन्यो, न संविधानसभाले सो अन्तरिम संविधानका मूल मुद्दाहरुलाई २०७२ को संविधानमा कुनै स्थान दियो । फलस्वरूप मधेस, पहाड र हिमाल समेतका बहुसंख्यक जाति, जनजाति, दलित, महिला, अपाङ्ग र लोपोन्मुख वर्ग र समुदायले आपत्ति जनाउँदै विद्रोहमा उत्रिए । २०७२ को संविधानको विरोधमा मधेशले झण्डै आधा वर्षजति आन्दोलन र जनविद्रोह जारी राख्यो, तर आन्दोलनलाई तिनै मधेशी दल, उसका नेतृत्व, नेता र कार्यकर्ताबाट अर्बौंको पेट्रोलियम पदार्थ लगायतका सामग्रीसँग साटफेर गरी सैकडौं मधेशी युवा र बालबालिका समेतको शहादतलाई बेच्ने काम गरियो । टिकापुरको थरुहट÷मधेस विद्रोहलाई समेत कलंकित गरी रेशम चौधरीहरुलाई बलिको बोको बनाउने काम भयो’, उनले भने ।

मधेश आन्दोलनले देश र मधेसलाई दिनुपर्नेजतिभन्दा पनि गुमाउने काम बढी रहेको स–प्रमाण अन्तर्गत मधेसले माग गरेको ‘सम्पूर्ण मधेस–एक स्वायत्त प्रदेश’ लाई धज्जी उडाउँदै मधेसलाई ६ टुक्रामा विभाजित गरिएको उनको आरोप छ ।

सम्बन्धित खवर