जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) धनुषामा विद्रोहको संकेत देखिएको छ । धनुषा–४ मा टिकट वितरणको विषयलाई लिएर जसपामा विद्रोहको संकेत देखिएको हो । धनुषा निर्वाचन क्षेत्र नं. ४ (क) मा दोश्रो पटक ज्ञानेन्द्र कुमार यादवलाई टिकट दिएपछि पार्टीका मधेश प्रदेश समिति उपाध्यक्ष शेषनारायण यादव, प्रदेश सदस्य बजरंग कुमार यादव, हरीनारायण यादव लगायतका नेता कार्यकर्ता असन्तुष्ट छन् । स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गरेका ज्ञानेन्द्रलाई नै पुनः टिकट दिएपछि नेतृत्व तहप्रति आक्रोसित हुँदै उनीहरुले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा जुटेका छन् । उम्मेदवार बन्न जनताको दबाब भएको कारण स्वतन्त्र वा कुनै दलसँग आवद्ध भएर उम्मेदवारी दिने नेता शेषनारायणले बताए । उनी भन्छन्, जनताले उम्मेदवारी दिन दबाब दिइरहेका छन् । मैले निर्णय गर्न सकेको छैन् । भोली(आइतबार) बिहानसम्म उम्मेदवारी दिनेबारे निर्णय लिने शेषनारायणले बताए । पार्टीले आपूmहरुलाई अवमुल्यन गरेको भन्दै उनले जसपा परित्याग गरेर अघि बढ्ने मनस्थितिमा पुगेको बताए । पार्टीसित पटक पटक घात गर्दै आएका नेतालाई अवसर दिएको आरोप उनीहरुको छ । नेता शेषनारायण यादवको नाम पनि केन्द्रमा सिफारिस भएको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech