जनकपुरधाम । सत्ताधार दलसित गठबन्धन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले गठबन्धनको साथ नपाउने भएको छ । नेता महतो सर्लाही–२ बाट मनोनयन पत्र दर्ता गराएका छन् । सत्ता गठबन्धन र लोसपाबीच सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । सर्लाही २ मा सत्ता गठबन्धनबाट माओवादीको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष महिन्द्रराय यादव उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा लोसपाका वरिष्ठ नेता महतोले मात्र साथ नपाउने भएका छन् । ०७४ मा चुनाव जितेको धनुषा ३ अनिल झालाई छाडेर महतोले सर्लाही २ बाट उम्मेदवारी दिएका छन् । २०७० को निर्वाचनमा नेता महतो सर्लाही–२ बाट पराजित भएका थिए । उनलाई तत्कालीन तराई मधेश समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पराजित गरेका थिए । २०७४ को संसदीय निर्वाचनमा नेता महतो धनुषा ३ बाट नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिलाई पराजित गरेर निर्वाचित भएका थिए । तर, २०७९ को निर्वाचनमा धनुषा–३ सुरक्षित नदेखेपछि नेता महतो गृह जिल्ला सर्लाही–२ बाट चुनाव लड्ने भएका छन् ।

शनिबार अबरे राति सत्ता गठबन्धनसँगको तालमेलपछि लोसपाले ७ सिटमा उम्मेदवार खडा गरेको हो । सप्तरी १ मा जयप्रकाश ठाकुुर, धनुषा ३ मा अनिलकुमार झा, महोत्तरी २ मा शरदसिंह भण्डारी, महोत्तरी ३ मा महन्थ ठाकुर, सर्लाही १ मा रामप्रकाश चौधरी, सर्लाही २ मा राजेन्द्र महतो, बारा ३ मा प्रमोद गुप्ता र पर्सा १ मा लक्ष्मणलाल कर्ण उम्मेदवार भएका छन् ।

२०७४ मा रौतहट १ बाट जितेका झा धनुषा ३ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् । रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार बन्ने भएका छन् ।

सम्बन्धित खवर