जनकपुरधाम । धनुषासहित मधेश प्रदेशमा आगामी संसदीय चुनावको लागि उम्मेदवारी दर्तामा उत्साह देखिएको छ । मनोनयन दर्ता गराउन कार्यकर्ताको लस्करसहित बाजागाजा लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । धनुषा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तरिकाले मनोनयन पत्र दर्ता कार्यक्रम सम्पन्न भएको छ ।

धनुषा–४ को महेन्द्रनगरमा उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका छन् । धनुषा–४ बाट पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् । उनीसँगै प्रदेशसभा क बाट कांगे्रसका शेषनारायण यादव र ख बाट नेकपा (एकीकृत समाजवादी) पार्टीका सत्रुधन महतोले मनोनयन पत्र दर्ता गराएका छन् । प्रतिगमनकारी शक्तिसित गठबन्धन गरेपछि रुष्ट बनेका जनता समाजवादी पार्टी(जसपा) मधेश प्रदेश समितिका उपाध्यक्ष शेषनारायण यादवले आइतबार नै कांगे्रस प्रवेश गरेका छन् । उनीसँग जसपाका मधेश प्रदेश सदस्य बजरंग कुमार यादव, जिल्ला सदस्य डा. सत्रुधन यादव लगायतले कांग्रेस प्रवेश गरेका थिए ।

यस्तै नेकपा एमालेबाट रघुवीर महासेठ, प्रदेशसभाका लागि क बाट संतोष यादव ख बाट पूर्व मेयर हरिनारायण महतोले उम्मेद्धारी दर्ता गराएका छन ।

त्यस्तै जसपाबाट प्रतिनिधिसभाका लागि महाजन यादव, प्रदेशसभाका लागि क बाट ज्ञानेन्द्र यादव ख बाट चन्देश्वर महतोले उम्मेद्धारी दर्ता गराएका छन् ।

त्यस्तै स्वतन्त्रबाट प्रतिनिधिसभाका लागि विजय यादव र कृष्ण महतो लगायतले उम्मेद्धारी दर्ता गराएका छन् ।

धनुषा–३ बाट पाँच दलीय गठबन्धनबाट लोसपाका अनिल कुमार झाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा क बाट कांग्रेसका रामसरोज यादव र ख बाट लोसपाका परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका छन् । एमाले–जसपा गठबन्धनबाट जुली कुमारी महतोले प्रतिनिधिसभा सदस्यको लागि मनोनयन पत्र दर्ता गराएकी छन् । प्रदेशसभा क बाट जसपाका जीतेन्द्र यादव र ख बाट एमालेका दिपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । धनुषा–२ बाट पाँच दलीय गठबन्धनबाट पूर्वमन्त्री रामकृष्ण यादवले उम्मेदवारी दिएका छन् । प्रदेशसभा तर्पm क बाट लोसपाका संजय साह र ख बाट माओवादीका श्याम कुमार यादवले मनोनयन पत्र दर्ता गरेका छन् । नेकपा एमालेबाट उमाशंकर अरगरियाले उम्मेदवारी दिएका छन् । जसपाबाट गंगाराम यादव र नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झाले पनि उम्मेदवारी दर्ता गराएका छन् । नेता झाले गठबन्धनबाट बागी भएर उम्मेदवारी दर्ता गराएका हुन् । धनुषा–१ मा जसपाका दिपक कार्की, माओवादी केन्द्रबाट मातृका प्रसाद यादव, जनमत पार्टीबाट किशोरी साह र राप्रपाबाट मनोज मल्लले उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित खवर