जनकपुरधाम । तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) का अध्यक्ष वृषेशचन्द्र लालले महोत्तरी–३ बाट उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) बाट यसै वर्ष छुटिएका नेता लालले आइतबार जलेश्वर पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । महोत्तरी–३ बाट पाँच दलीय गठबन्धनबाट लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेकपा एमाले–जसपा गठबन्धनबाट हरिनारायण यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, तमलोपाका डा. विजय सिंहको उम्मेदवारी दर्ता

तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहले महोत्तरी–२ बाट मनोनयन पत्र दर्ता गराएका छन् । डा. सिंह आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयनपत्र दर्ता गराएका हुन् । महोत्तरी–२ प्रदेशसभा क बाट इद्रिश राइन र प्रदेशसभा क्षेत्र ख बाट रामकृपाल साहले पनि उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुन लागेको संसदीय निर्वाचनमा तमलोपाले नेपाल सद्भावना पार्टीसित मिलेर लोकतान्त्रिक मधेशी फ्रन्ट गठन गरेको छ । तमलोपाले चुनावमा कुनै दलसित गठबन्धन गरेको छैन् । तमलोपा एक्लै चुनावी मैदानमा उत्रेको हो ।

सम्बन्धित खवर