बर्दिबास । यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।
महोत्तरी क्षेत्र नम्बर १ बाट उनले प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
आइतबारै राजीनामा स्वीकृत भइसकेपछि उम्मेदवारी दर्ता गराएको थापाले जानकारी दिए ।
जनता पार्टीप्रति निराश भएको र स्वतन्त्र व्यक्ति मात्र राम्रो काम गर्न सक्ने भएकाले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ ।
बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्री सहितका स्वतन्त्र युवाको समर्थनले उम्मेदवारी दिएको उनको भनाई छ ।
गत स्थानीय तहको निर्वाचनमा काँग्रेसले टिकट नदिएपछि क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।
स्वतन्त्र समूहबाटै प्रदेशसभातर्फ १ को ‘क’ बाट युवराज पोखरेल र ‘ख’ बाट विनोद महतोले उम्मेदवारी दिएका छन् ।
मालपोत, नापी, इलाका प्रशासन कार्यालयलगायतका कार्यालयमा काम गरेको थापाको अनुभव छ ।
प्रतिनिधिसभामा महोत्तरी क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धनबाट माओवादीका गिरिराजमणि पोखरेल र एमालेबाट लक्ष्मी महतोले उम्मेदवारी दिएका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech