१ र ३ मा द्विपक्षीय तथा २ र ४ मा त्रिपक्षीय भिड्न्त
जनकपुरधाम । धनुषा जिल्लामा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनुषाको चार वटै क्षेत्रमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । पाँच दलीय गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धनको तर्पmबाट धनुषामा उम्मेदवारी दर्ता गराएको छ ।
धनुषा–१ मा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मातृका प्रसाद यादवले उम्मेदवारी दिएका छन् । मातृकालाई नेपाली कांग्रेस, नेकपा एस र लोसपाको समर्थन छ । नेकपा एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका दिपक कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् । २०७४ सालको निर्वाचनमा पनि मातृका माओवादी–एमाले गठबन्धनबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए । जसपाका कार्की २०७४ सालमो चिरप्रतिद्धन्दी थिए । नेपाली कांग्रेसका आनन्द प्रसाद ढुंगानाले तेश्रो स्थानमा चित्त बुझाएका थिए । यस वर्ष मातृकाले एमालेको सट्टा कांग्रेसको साथ पाएका छन् । एमालेको साथ कार्कीलाई छ । धनुषा–१ मा यादव र कार्की बीच प्रतिस्पर्धा हुने भएको छ ।
धनुषा–२ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादवले उम्मेदवारी दिएका छन् । उनी २०७४ सालको निर्वाचनमा तेश्रो स्थानमा थिए । कांग्रेसलाई नेकपा माओवादी केन्द्र र लोसपाको साथ छ । २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित उमाशंकर अरगरियाले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् । एमाले धनुषा–२ मा एक्लै चुनावी मैदानमा छन् । गठबन्धन दल जसपाले छुट्टै उम्मेदवार उठाएको छ । धनुषा–२ मा दुवै दलबीच सहमति नजुटेपछि मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । जसपाले गंगाराम यादवलाई उठाएको छ । यता, पाँच दलीय गठबन्धनबाट बाहिरिदै नेता रामचन्द्र झाले नेकपा (एकीकृत समाजवादी) बाट प्यानलसहित उम्मेदवारी दिएका छन् । पाँच दलीय गठबन्धनमा कांग्रेसलाई दिने सहमति विरुद्ध नेता झाले प्यानलसहित उम्मेदवारी दिएका हुन् । उनी २०७४ सालको निर्वाचनमा चिरप्रतिद्धन्दी थिए । उनले प्रदेशसभा (क) बाट रामनारायण साह र (ख) बाट शैलेन्द्र कुमार यादवलाई उम्मेदवार बनाएका छन् । धनुषा–२ मा नेता झाले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा रोचक हुने भएको छ ।
जनमत पार्टीले जयनारायण साहलाई उठाएको छ ।
धनुषा–३ मा यसपाली नयाँ अनुहारहरु देखिएको छ । २०७४ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित नेकपा एमालेकी पोलिटव्युरो सदस्य जुली कुमारी महतोले प्रत्यक्षतर्पm उम्मेदवारी दिएकी छन् । उनी नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार हुन् । पाँच दलीय गठबन्धनले भने मधेश प्रदेशको राजधानी समेत रहेको धनुषा–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अनिल कुमार झालाई उम्मेदवार बनाएको छ ।
२०७४ सालको निर्वाचनमा नेता झा रौतहट–१ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) र संघीय समाजवादी पार्टी गठबन्धनका उम्मेदवार भएर निर्वाचित भए । आगामी चुनावमा धनुषा–३ का सांसद लोसपाका वरिष्ठ नेता नलड्ने भएपछि नेता झाले उम्मेदवारी दिएका हुन् । नेता झालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा(एस)को साथ छ । नेता झा र महतोबीच नै प्रतिस्पर्धा हुने भएको छ । २०७० को दोश्रो संविधानसभा निर्वाचनमा नेतृ महतो नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधिबाट पराजित भएकी थिइन् । यसपाली भने नेता निधि समानुपातिकतिर र नेतृ महतो प्रत्यक्षबाट छन् ।
धनुषा–४ मा २०७४ कै प्रतिस्पर्धा दोहोरिने भएको छ । नेकपा एमालेबाट पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, नेपाली कांग्रेसबाट पूर्वमन्त्री महेन्द्र यादव र जसपाबाट महाजन यादवले उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा पनि यीनै तीनै जना बीच प्रतिस्पर्धा थियो । २०७४ सालको निर्वाचनमा नेता महासेठ निर्वाचित हुँदा कांगे्रसका महेन्द्र यादव चिरप्रतिद्धन्दी थिए भने जसपाका महाजन यादवले तेश्रो स्थानमा चित्त बुझाएका थिए । आगामी चुनावमा पनि धनुषा–४ को प्रतिस्पर्धा रोचक हुने भएको छ । साना दलहरुले उम्मेदवारी दिएपनि मुख्य प्रतिस्पर्धा भने तीनै जना बीच हुने भएको छ ।
जनकपुरधाम । आगामी मंसिर ४ गते हुन लागेको संसदीय निर्वाचनमा धनुषामा प्रतिनिधिसभातर्पm १०३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आठ वटा प्रदेशसभा सिट रहेको जिल्लामा १३८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभातर्फ
धनुषा–१ मा ः २५ जना
धनुषा–२ मा ः १६ जना
धनुषा–३ मा ः ३१ जना
धनुषा–४ मा ः ३१ जना
कूल ४ पदका लागि १०३ जना
प्रदेश सभातर्फ
१ को (क) मा ः १४ जना
१ को (ख) मा ः १४ जना
२ को (क) मा ः १४ जना
२ को (ख) मा ः १७ जना
३ को (क) मा ः २० जना
३ को (ख) मा ः २७ जना
४ को (क) मा ः १९ जना
४ को (ख) मा ः १३ जना
कूल ८ पदका लागि १३८ जना
Copyright © 2025, All Rights Reserved | Developed By ProTech