जनकपुरधाम । नेकपा एमालेका प्रदेश कमिटी सदस्य डा. संजिव कुमार यादवले पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेता यादवलाई धनुषा–४ का पाँच दलीय गठबन्धनका उम्मेदवार महेन्द्र यादवले गमछा लगाएर पार्टीमा स्वागत गरेका हुन् । धनुषा–४ लक्ष्मीनियाँ बजारस्थित नेपाली कांग्रेसको प्रचार प्रसार कार्यालयमा बुधबार दिउँसो डा. यादवसहित नेकपा एमाले सयौ कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । सो अवसरमा जनता समाजवादी पार्टी(जसपा) का लक्ष्मीनियाँ गाउँपालिका उपाध्यक्ष परमेश्वर यादव लगायतले पनि कांग्रेस प्रवेश गरेका थिए । जसपा र एमालेका सयौ कार्यकर्ता प्रवेश गरेको कांग्रेस श्रोतले बताए । सो अवसरमा धनुषा–४ का पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव, प्रदेशसभा (क) का उम्मेदवार शेषनारायण यादव, जिल्ला सभापति योगेन्द्र पजियार, क्षेत्रीय सभापति कुमरकान्त झा, पूर्व जनकपुर नगर सभापति धिरेन्द्रमोहन झा, बजरंग कुमार यादव लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । डा. यादव नेकपा एमालेका प्रभावशाली नेता मानिन्छ । मिथिला बिहारी नगरपालिका ६ का डा. यादवले एमाले परित्याग गरेपछि क्षेत्र नं. ४ मा एमाले कमजोर भएको आंकलन गरिएको छ । यसअघि लक्ष्मीनियाँ–७ का एमालेका युवा नेता संजय कुमार मिश्र, लोसपाका अखिलेख मिश्र(जिबु) लगायतले पार्टी परित्याग गरेर कांगे्रस प्रवेश गरेका थिए । एमाले नगर कमिटी सदस्य नवल यादव, वडाध्यक्ष परमेश्वर यादव, रामचन्द्र यादव, प्रेम साह, रामलोचन साह, महेन्द्र यादव, शम्भु साह, विक्रम यादव, गुले यादव, तेतर यादव, परमेश्वर यादव, श्रीनारायण यादव, ललित यादव, जसपाका पल्टु राइन, जसपा नगर समिति सदस्य प्रवोध कुमार यादव, एमालेका नगर सदस्य नविन यादव, विरेन्द्र यादव, रंजित महरा, सत्रुधन यादव, रामवली यादव, सुरेन्द्र यादव, धनेश्वर यादवल लगायतले कांग्रेस प्रवेश गरेका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech