जनकपुरधाम । धनुषा–४ बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाल सदभावना पार्टीबाट मनोनयनपत्र दर्ता गराएका राजेन्द्र महतोले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ता लिने समयसीमा भित्र महतोले बुधबार निर्वाचन एन २०७४ को दफा २५ को उपदफा (१)÷(५) बमोजिम नाम फिर्ता लिएको छ ।
उम्मेदवारी फिर्ता लिएका महतोका अनुसार जुन आस र विश्वासको साथ पार्टीमा लागेका थिए त्यो विश्वास घात भएकोले आफू पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गर्दै मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा नेकपा एमाले पार्टीका उम्मेदवारलाई सहयोग गर्ने बताए । उम्मेदवारी फिर्ता लिनेहरुको लागि बुधवार दिउँसो १ बजे सम्मको समय तोकिएको थियो । महतो स्वयम् आफनो सहयोगीहरुको साथ महेन्द्रनगरस्थित जसैबावा धर्मशलामा रहेको निर्वाचन कार्यालयमा पुगेर आफनो उम्मेदवारी फिर्ता लिएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech