जनकपुरधाम । आमचुनावको ३७ दिन बाँकी रह्दा उम्मेदवाहरु मत समेट्नमा जुटेका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिएसँगै उनीहरु मतदाताको घरदैलोमा पुग्ने अभियान थालेका छन् । धनुषाको चारै प्रतिनिधिसभा र आठ वटै प्रदेशसभाका उम्मेदवारहरु चुनावी रणनीति बनाउँदै मतदाताको घरदैलोमा जाने अभियान थालेका हुन् । उम्मेदवारहरुले मतदाताको घरआंगनमा जाने अभियानलाई घरदैलो कार्यक्रम भनेको छ । केही उम्मेदवारहरु मनोनयन पत्र दर्ता गराउनु अगाडिदेखि नै मतदाताको घरदैलोमा पुगेका छन् । बिहीबारदेखि प्रतिस्पर्धामा रह्ने उम्मेदवारहरु मैदानमा उत्रेका छन् । धनुषा १ मा पाँच दलीय गठबन्धनका उम्मेदवाहरुले बिहीबार भेलामार्पmत कार्यकर्तालाई सक्रिय बनाएका छन् । प्रतिनिधिसभाका उम्मेदवार मातृका प्रसाद यादवको उपस्थितिमा कार्यकर्तालाई चुनावको तयारीमा जुट्नको लागि निर्देशन दिएको थियो । यता, नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार दिपक कार्कीले पनि कार्यकर्ता भेटघाटसँगै क्षेत्रीय, नगर र वडा समितिका पदाधिकारीहरुलाई सक्रिय बनाउनको लागि भेला गरेका छन् । धनुषा–२ मा यसपालीको प्रतिस्पर्धा रोचक छ । नेकपा एमाले, नेपाली कांग्रेस, जसपा र नेकपा(एकीकृत समाजवादी) बाट उम्मेदवारी दिएपछि प्रतिस्पर्धा रोचक बनेको हो । नेकपा एमालेबाट उम्मेदवारी दिएका निवर्तमान सांसद उमाशंकर अरगरियाले बिहीबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेका छन् । प्रदेशसभा सदस्यका उम्मेदवारसहित उनले निर्वाचन क्षेत्रका कार्यकर्तालाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री रामकृष्ण यादवले पनि चुनावी अभियानलाई अगाडि बढाएका छन् । मनोनयन पत्र दर्ता गराएसँगै उनी चुनावी अभियानलाई अगाडि बढाएका हुन् । उनले बिहीबार निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताको राय सुझाव लिएर चुनावमा केन्द्रित हुनको लागि आग्रह गरेका हुन् । जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार गंगाराम यादवले कार्यकर्ता भेटघाटसँगै घरदैलो कार्यक्रम थालेका छन् । बिहीबार विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम गरेका छन् । यता, नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका रामचन्द्र झाले बिहीबार चुनावी रणनीति बनाउन निर्वाचन क्षेत्रका अगुवा कार्यकर्तासँग छलफल गरेका छन् । नेता झाले घरदैलो अभियान अगाडि बढाउनु अघि कार्यकर्ताको रायसुझाव समेत लिएका छन् । ०७४ को निर्वाचनमा उमाशंकर, रामकृष्ण र रामचन्द्र बीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको थियो । आगामी चुनावमा जसपाबाट गंगाराम प्रतिस्पर्धामा थपिएका हुन् । गंगाराम थपिएसँगै धनुषा–२ मा प्रतिस्पर्धा बनेको हो ।
धनुषा–३ मा नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार जुली कुमारी महतोले मनोनयनपत्र दर्ता गराउनु भन्दा एक साता अगाडिदेखि नै घरदैलो कार्यक्रम सुरु गरेकी छन् । मनोनयनपत्र दर्ता गराएपछि प्रदेशसभाका उम्मेदवार जीतेन्द्र यादवसहित उनी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी हुन् । बिहीबार उनी धनौजी गाउँपालिकाको कटैया गाउँमा घरदैलो कार्यक्रम गरेकी छन् । निर्वाचन क्षेत्र ठूलो हुँदा उम्मेदवारहरु डेढ महिना अगावै घरदैलो कार्यक्रम अघि बढाएका हुन् । घरदैलो कार्यक्रम अन्तर्गत उम्मेदवारहरु मतदाताको घर आंगनमा पुगेर आप्mनो पक्षमा मत माग्ने गरेका छन् । पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार अनिल झा भने अहिले गठबन्धनमा आवद्ध अन्य दलका नेताहरुसित छलफलमा छन् । बिहीबार उनी नेपाली काग्रेसका नेताहरुसित चुनावी छलफल गरेका छन् । लोसपाको जनआधार कमजोर हुँदा पाँच दलीय गठबन्धन उम्मेदवारको नजर कांगे्रसी मतमा छ । कांगे्रसको सहयोग बिना संसद भवन प्रवेश सम्भव नदेखेपछि गठबन्धन उम्मेदवार कांगे्रसका नेता कार्यकर्ता रिझाउनमा व्यस्त छन् । यता, धनुषा–४ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले प्रदेशसभाका उम्मेदवारसहित बिहीबार भेटघाट कार्यक्रम गरेका हुन् । उनी मिथिला बिहारी नगरपालिकाको तारापट्टी बजार लगायतको टोलमा स्थानीय कार्यकर्तासित भेटघाट गरेका छन् । यस्तै, बनिनिया, गजरिया, सिरसिया गाउँका कार्यकर्तासित पनि भेटघाट कार्यक्रम गरिएको छ । उनीसित धनुषा–४ (क) बाट उम्मेदवारी दिएका शेषनारायण यादव पनि मतदाताको घरदैलोमा पुगेका हुन् ।
नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ भने चुनावको सूक्ष्म व्यवस्थापनमा जुटेका छन् । उनी कार्यकर्तालाई सक्रिय पार्नको लागि भेटघाट कार्यक्रमलाई अघि बढाएका छन् । जसपाका उम्मेदवार महाजन यादवले पनि कार्यकर्ता भेटघाट कार्यक्रम अघि बढाएका छन् । उनी टोल टोल पुगेर कार्यकर्तालाई सक्रिय पार्नमा जुटेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech